गाउँपालिकाद्धारा स्कूल बस सन्चालन



सलिम अन्सारी प्यूठान ।सरुमारानी गाउपालिकाले जिल्लामै पहिलो पटक एक सरकारी विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सुविधाका लागी स्कूल बस सन्चालनमा ल्याएको छ । सरुमारानी गाउँपालिका वडा नं. ४ स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुको सुविधाका लागि वस संचालन गरेको हो ।

प्युठान भालुवाङ सडकमा दिनहुं पैदल आउजाउ गर्दा विद्यार्थीको सुरक्षा चुनौती वढेको र टाढाका विद्यार्थीहरुलाई ध्यानमा राखेर बागेखोला बडडाडा स्कुल वस संचालनमा ल्याइएको सरुमारानी ४ का वडा अध्यक्ष चिन्त बहादुर सोमैले बताए। विद्यालयलाई आवश्यकता पनि भयो’ सोमैले भने, ‘अभिभावकहरूले पनि आफ्नो बच्चा स्कूल पुग्यो कि पुगेन भनेर चिन्ता हुन्छ । विद्यालय छुट्टी भएपछि घर नआउने जस्ता समस्याबाट मुक्त गराउन हामीहरूले योजनाका साथ गाडी राखेको हो ।’ उनका अनुसार चालु आर्थिक बर्षमा गाउपालिकाले स्कुल बस संचालनका लागि ४ लाख ४४ हजार ४४५ रुपैया बिनियोजन गरिएको थियो।

समाचार प्रभाव

टाढाका बिध्यार्थीलाई लक्षित गरि स्कुल बस संचालन गरेको गाउपालिकाले जनाएको छ।गाउपालिकाभित्रका मोतिपुर, ठाडिओदार, छत्तिवन दमार कुडुले गाउँका ७० भन्दा धेरै बालबालिका ५ घण्टा बढि समय पैदल हिडेर बिद्यालय आउजाउ गर्दै आएका थिए । गाउँकै बुद्ध प्राबिबाट कक्षा ५ उत्तिर्ण गरेका बिध्यार्थी निमाबि र माबी तहको शिक्षा हासिल गर्न जनता माबि बडडाडाँ पुग्नैपर्ने बाध्यता छ ।विद्यालयका प्रधानाध्यापक योग कुमार पाण्डेले गाउपालिकाले स्कुल बस संचालन गर्दिए पछि बिध्यार्थिहरुलाई राहत मिल्ने बताए । यस्ले छात्रछात्राको पढाइमा समेत प्रगती हुने बिश्वास लिएका छौ।उनले भने। अधिकांश अभिभावकले छोराछोरी विद्यालयमा ल्याउन र पु¥याउन समय नभएर यहाँ पढाउन वञ्चित भएका थिए ।विद्यालयमा वस सेवा सुरु भएपछि विद्यार्थी तथा अभिभावक हर्षित भएका छन् ।

अभिभावकहरुले यस अघि स्कुल बस संचालन गर्न माग गर्दै आए पनि कहिकतैबाट सुनुवाई भएको थिएन। स्कूल बस सेवा सन्चालनमा ल्याईएपछी टाढाटाढाबाट पढन आउन जान विद्यार्थीहरुलाई सुविधा मिलेको अभिभावकहरुले बताएका छन् । जसले गर्दा अभिभावकहरू पनि आफ्ना बालबच्चा गाडीमा विद्यालय जान पाएपछि सुरक्षाको महशुस गरेका छन् ।यस अघि नेपाल समाचारपत्र दैनिकले स्कुल पुग्नै दुई घण्टा शिर्षकमा खबर छापेको थियो।

प्रतिक्रिया दिनुहोस्