चैतमा कागजपत्र



अपिल विष्टद्वारा निर्मित तथा निर्देशित फिल्म कागजपत्र आगामी चैत ८ गते अल नेपाल रिलिज हुने भएको छ। फिल्मको अफिसियल पोस्टरसमेत सार्वजनिक गरिएको छ।

सार्वजनिक ४ पोस्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी र लोकेन्द्र लेखकलाई स्थान दिइएको छ। ईपी एजुकेसन अस्ट्रेलियाको प्रस्तुति तथा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको कागजपत्र सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिल विष्टले बताए।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीद्वारा निर्मित फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सहनिर्माता रहेका छन्। फिल्ममा वसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्सनको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्