स्वास्थ्यका लागि खरायोको मासु उत्तम



भगवती तिमल्सिना
विश्व बजारमा शाकाहारीको दाँजोमा मांसाहारीको संख्या उच्च नै रहेको अवस्थामा स्वस्थ मासु कसरी पँर्ति गर्ने भन्ने विषयमा चिन्ता गर्नेभन्दा पनि कसरी छिटो उत्पादन गर्ने र बजारमा पु¥याउने भन्ने हतारो नेपाललगायत विकासोन्मुख मुलुकको समस्या हो। यही कारण जनस्वास्थ्य जटिल बन्दै गएको अवस्थामा नेपालमा स्वस्थ मासुका लागि खरायो उपयोगी हुने निचोड निकाल्दै एउटा समँह नै लागिपरेको छ।

सन् २०१२ मा काठमाडौंको बलम्बुमा २५ वटा मासुजन्य खरायो लिएर ५ रोपनी जग्गामा खरायो पालनको योजना लिएर अघि बढेका युवा उज्ज्वल चापागाईं यतिबेला २५ रोपनी जग्गामा ५ सयवटा खरायो पालेर खरायोको मासुको परिकार र यसका फाइदाका बारेमा ठँलाठँला होटल तथा मासु पसलहरूमा मार्केटिङ गर्दै हुनुहुन्छ।

शुरूका दिनमा नयाँ योजना लिएर मार्केटमा जाँदा निकै समस्या रहे पनि पछिल्लो समय खरायो पालन र बिक्रीप्रति कृषकहरू आर्कषित हुँदै गएकाले आफँ सरकारी निकायसँग पनि उत्तिकै समन्वय गर्दै अघि बढिरहेको चापागाईं बताउनुहुन्छ। चापागाईं मार्केटिङ गर्ने क्रममा विभिन्न होटल, रेस्टुरेन्ट, मासु पसलका साथै धेरै मानिस भेला हुने र खाना खाने ठाउँमा खरायोको मासुको प्रचारमा दौडिरहेको अवस्थामा एक जना फ्रान्सका नागरिक डिलाइसेस डिसँग भेट्दा निकै खुसी भएको बताउनुहुन्छ। चापागाईंले डिलाई पहिलो ग्राहकका रूपमा पाएको र डिले एकैपटक २ केजी मासु खरिद गरेका थिए।

यतिबेला काठमाडौंका बजारमा पनि खरायोको मासु खपत बढ्दै गएको चापागाईं बताउनुहुन्छ। उहाँ थप्नुहुन्छ खरायोको मासु कम कोलेस्टेरोल हुनुका साथै स्वस्थ हुने भएकाले पनि माग बढेको हो। यसमा प्रोटिनको मात्रा बढी हुने, स्वस्थकर भएकाले खरायोको मासुको माग दिन प्रतिदिन काठमाडौंमा मात्र नभई पर्यटकीय नगरका होटल, रेस्टुरेन्टहरूमा पनि यसको माग बढ्दो रहेको छ।

यही माग र बजार प्रवद्र्धनका उद्देश्यले धुलिखेलका होटलहरूमा कार्यरत पाकशास्त्रीलाई खरायोको मासु कसरी बनाउने भन्ने बारेमा शनिबार एक तालिमको आयोजना गरिएको थियो। होटल एसोसियसन धुलिखेल काभ्रे र हिमालयन ¥याबिट फम काठमाडौंको संयुक्त आयोजनामा तालिम तथा मासुको परिकार प्रदर्शन प्रवद्र्धन गरी पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। कार्यक्रममा ग्लोबल नेप्लिज सेफ फोरमका पाकशास्त्री सन्दीप खत्रीले खरायोको मासुका बारेमा तालिम दिनुका साथै विश्व बजारमा जस्तै नेपालमा पनि आगामी दिनमा खरायोको मासुको खपत बढ्ने बताउनुभयो। खरायोको मासुमा भिटामिन, मिनिरल्स, फोस्फरस, सिलिनियम पाइने हुनाले शरीरका लागि आवश्यक पर्ने भिटामिन र मिनिरल्सको सन्तुलन मिलाउने काम सन् २०१६ को न्युट्रिसनल स्टडी अफ ¥याबिट मिटको रिपोर्टमा उल्लेख गरिएको छ।

हिमालयन ¥याबिट फामका मेनेजिङ डाइरेक्टर चापागाईं भन्नुहुन्छ– ‘नेपालमा खरायो पालनलाई व्यावसायिकरूपमै अघि बढाउने उद्देश्यका साथ आफँले काठमाडौंलगायत आसपासका जिल्ला काभ्रे, सिन्धुपाल्चोकमा समेत किसानहरूलाई तालिम दिँदै आएका छौं।’ खरायो पालन थोरै लगानीमा पनि गर्न सकिने भएकाले गाउँ तथा शहरमा पनि यसको व्यवसाय गर्न सकिन्छ। यतिबेला खरायो पालनभन्दा पनि बजार व्यवस्थापन चुनौतीको विषय भएकाले पहिला बजार र उपभोक्ता चयन गरी कृषकमाझ जाने तयारीमा आफ्नो टिम लागिपरेको चापागाईं बताउनुहुन्छ।

सरकारले कृषि व्यवसायलाई उच्च प्राथमिकता दिनुपर्ने र घरै बसेर विना कठिनाइ यो व्यवसाय गर्न सकिने हुनाले सरकारको ध्यानाकर्ष हुनु जरुरी भएको पनि उहाँ बताउनुहुन्छ। खरायो पालन सामान्य बाँसको घर, घाँस र तरकारीका बोक्राजस्ता खाद्यान्न दिँदा पुग्ने हुनाले सहज र सरल भएको चापागाईंको दाबी छ। खरायो पालन पहिला एउटा भाले र एउटा पोथी ल्याउन सामान्य १५ हजारको हाराहारीमा लगानी गरे पुग्ने र पाल्न पनि सजिलो भएकाले कृषकहरूको आकर्षण बढ्दो छ। अन्य मासुमा हुनेभन्दा निकै कम चिल्लो पदार्थ हुने हुनाले खरायोको मासु मुटुरोगीले समेत खान मिल्ने विभिन्न सभा सम्मेलनमा सहभागी खरायो विज्ञले प्रस्तुत गरेका कार्यपत्रमा समेत उल्लेख गरेको पाइएको चापागाईं बताउनुहुन्छ।

अबको योजना धुलिखेललाई ¥याबिट हब बनाएर नजिकैका बजारमा सप्लाई गर्ने योजनामा अघि बढेको हिमालय ¥याबिट फमको उद्देश्य रहेको र पहिलो प्राथमिकता सीधै होटल, दोस्रो मासु पसल र तेस्रोमा कृषकको घर दैलौमा पुग्ने रहेको बताउनुभयो। यतिबेला काठमाडौंको बालाजु र भैंसेपाटीमा हिमालयन ¥याबिट फमले मासु सप्लाई गर्दै आएको र भविष्यमा नेपाल सरकारसँग सहकार्य गरी योजनाबद्धरूपमा अघि बढ्ने कार्यक्रम रहेको पनि बताउनुभयो।

हिमालयन ¥याबिट फर्मको कार्यक्रम र योजनाका बारेमा नेपाल कृषि अनुसन्धान परिषद् र पशुसेवा विभाग सहकार्यमा जुटिरहेको पनि चापागाईं बताउनुहुन्छ। खरायो पालनलाई कसरी व्यवसायी बनाउने र यसका चुनौती केके छन् भन्ने बारेमा खरायो पालनका क्षेत्रमा अघि बढ्नुभएका काभ्रे कुसादेवीका लक्ष्मण हुमागाईं भन्नुहुन्छ– ‘खरायोपालन व्यावसायिक बनाउन तालिमको व्यवथा नेपाल सरकारको राष्ट्रिय बंगुर कुखुरा प्रवद्र्धन केन्द्रले तालिम दिएको थियो।

गत आर्थिक वर्ष असारमा कृषि सहकारीको समन्वयमा ३० जनाले तालिम लिएका थिए। यसपछि व्यावसायिक बनाउन जीवीकोपार्जन कार्यक्रममा न्यँन आय भएका वर्गलाई छनोट गरियो। तर, यहाँ चुनौती देखियो, उत्पादन हुन्छ बजारमा कसरी बेच्ने? नेपाल सरकारको कुनै पनि निकायले प्रभावकारीरूपमा लिएको छैन। अनुदान बीमा कुनै छैन। क्षति हुँदा, रोग लाग्दा जिम्मेवारी लिने निकाय देखेनौं। हिमालयन ¥याबिटले बजार व्यवस्थापन गर्छौं भनिरहेको छ यतिले मात्र व्यवसायी बन्न पुग्ने अवस्था छैन। आउँदा दिन ढुक्क भएर खरायो पाल्नोस् भन्ने अवस्था सृजना गर्न सरकारसँग समन्वय गर्नुपर्ने अवस्था छ।’

मासु परीक्षण, खरायो बजारमा कसरी पु¥याउने, बीमा, चिकित्सक, भेटेनरी, भ्याक्सिन, रोगका बारेमा ज्ञान, उपचार विधि, कार्यक्षेत्र र उपचार गर्ने निकायको दँरी, प्राविधिकको प्रत्यक्ष निगरानी पनि उत्तिकै खाँचो हुनु जरुरी छ। स्थानिय निकायमानै जागरुकता हुनुपर्छ।
कृषक, सरिता तामाङ भन्नुहुन्छ– ‘२०७२ को भँकम्पपछि रोटरी क्लब र हिमालय ¥याबिट फर्मको सहयोगमा ३ वटा माउ र एउटा भाले दिनुभयो। १७ वटा छन् एक महिनामा बच्चा पाउँछ। ४ महिनामा ३ देखि १३ वटासम्म बच्चा पाउँछ। ढुटोपिना, नुन मिसाएर दाना, घास खुवाउँछु। खोरभित्रै धुनेर पाल्ने हो।

बिरामी पर्दा के गर्नुहुन्छ? घाउ भए मलम लगाउछौं, लुत्तो आयो भने तोरीको तेल लगाउँछौ। वार्षिक आम्दानी हुँदै नहुँदा पनि ३० देखि ४० हजार ३ टाइम घास पानी, दाना दिन्छौं। हिमालयन ¥याबिट फमले घरमै गाडी ल्याएर जिउँदो प्रतिकेजी ३ सयमा उठाउँछ। बजार खोज्न आफै जानुपरेको छैन।

खरायो पालन र मासु विक्री वितरणमा बजारको खोजीमा उत्रिएको हिमालयन ¥याबिट फममा २५ जना युवाहरू सक्रियरूपमा लागिपरेको र सम्भावना राम्रो देखेको चापागाईं बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ बजारमा पुग्दा ९ सय रुपियाँमा प्रतिकेजी उपभोक्ताले खरिद गर्न सक्छन्। बजारसँगै खरिद बिक्री केन्द्र पनि विस्तार गर्दै लैजाने र उपभोक्तालाई सुसँचित गर्ने कार्यमा समँह लागिपरेको छ। काभ्रेको मण्डन देउपुर नगरपालिकामा पनि कृषकहरूले तालिम लिएर तयारी अवस्थामा बसेका छन्। खरायोको मासु खपत हुने बजारको पहिचानसँगै उत्पादन पनि आसपासमै गर्ने लक्ष्य हाम्रो रहेको छ। काभ्रेका लागि काभ्रेमै, काठमाडौंका लागि काठमाडौं, पोखराका लागि पोखरा गर्दै स्वस्थ मासु खुवाउने र स्वस्थकर जीवन जीउन प्रोत्साहन गर्ने लक्ष्य रहेको चापागाईं बताउनुहुन्छ।

सरकारको योजनामा भने खरायो पालन, कृषको उत्थानका विषयभन्दा पनि सडक, ढल निमार्ण पहिलो प्राथमिकतामा परेकाले तालिमका हिसाबले दोलखा, नुवाकोट, रसुवा, म्याग्दी दिइसकिएको छ। तर दक्ष जनशक्ति र बजार अहिले मँल चुनौतीको विषय भएकोले स्वस्थकर मासुका लागि खरायो नै रोज्न उपभोक्तालाई झक्झक्याउँदै हिँडेका छौं। पहिलोपटक चाख्न पनि हिच्किचाउने मान्छे एकपटक चाखेपछि स्वास्द र स्वास्थ्यका दृष्टिकोणले अर्कोपटकदेखि खरायोको मासुनै छनोट गर्छन् होटल एसोसियसन काभ्रेका सचिब जोत्सना सैंजँ भन्नुहुन्छ।

नेपालका लागि खरायो पालन विगतमा शोखको विषय थियो भने अबका दिनमा व्यावसायिक हुने पाकशास्त्री खत्री बताउनुहुन्छ। युरोप, अमेरिका, बेलायतजस्ता मुलुकका बासिन्दाहरू आफ्नो स्वास्थ्यप्रति अत्यन्तै सजग हुने हुनाले झन्डै ४ दशक अघिदेखि नै उनीहरूले अध्ययन अनुसन्धान गरी खरायोको मासु स्वास्थ्यबद्र्धक छ भनेर प्रयोग गर्दै आएका छन्। यी मुलुकमा वर्षेनी १ करोडभन्दा बढी खरायो खपत हुने गर्दछ। तर नेपालमा भने यो भर्खर अध्ययनकै क्रममा छ।

पछिल्लो समय चीन, माल्टा, इटाली, साइप्रस, फ्रान्स, स्पेन, इजिप्ट, उत्तर कोरिया, मेनिजुयला, न्युजल्यान्डलगायतका थुप्रै मुलुकमा अध्ययन अनुसन्धानपछि प्रयोगशाला विधिद्वारा प्रमाणीत भएपश्चात् स्वास्थ्यका लागि पनि खरायोको मासुको प्रयोगकर्ता बढेको उल्लेख गरिएको छ।

तर खरायो व्यवसाय र यसको मासु स्वस्थकर प्रमाणित गरी प्रयोग गर्न नेपालमा सर्वप्रथमत नेपाल सरकारले ठँलै योजना बनाउनुपर्ने हुन्छ। भौगालिक दृष्टिकोणले समथरको दाँजोमा पहाडी भेगमा यातायात, बजार, शहरीकरण, उपभोक्ता कम हुनुका साथै खरायो पालनलाई व्यावसायिक बनाउन उचित थलो तथा दक्ष जनशक्ति उत्पादन गर्नु निकै ठँलो चुनौतीको विषय रहेको छ। साना तथा मझौला किसानले ठँलो लगानी आफैले गरेर खरायो पालन गर्नु बजार अभाव, बिरामी पर्दा उपचारमा आउँने कठीनाइजस्ता विषयले निकै कठिन हुने हुमागाईंको ठम्याइ छ। यसका लागि पहिलो चरणमा सरकारले अनुदानमा किसानलाई सहुलित दिनुपर्छ, बीमाको व्यवस्था हुनुपर्छ र बजार सुनिश्चित भएको खण्डमा पछिल्ला दिन आफै खरायो पालन फस्टाउँछ।

प्रतिक्रिया दिनुहोस्