चीनको हुपेई प्रान्तका व्यवसायी नेपालमा लगानी गर्न इच्छुक



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको नेतृत्वमा नेपाली उद्यमी व्यवसायी र चीनको हुपेई उद्योग वाणिज्य महासंघ तथा हुपेई प्रान्तीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चाओ सुफेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डलबीच सोमबार भेटवार्ता सम्पन्न भएको छ ।

त्यस क्रममा नेपाली र चिनियाँ उद्यमी व्यवसायीबीच नेपाल–चीन आर्थिक व्यावसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानीसम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भयो ।

सो अवसरमा प्रतिनिधिमण्डलको स्वागत गर्दै उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण, विदेशी लगानीसम्बन्धी विद्यमान नीतिगत व्यवस्थाका विषयमा स्पष्ट पार्नुभयो ।

नेपालमा यतिखेर लगानीका लागि सबैभन्दा उपयुक्त समय भएको समेत उहाँले बताउनुभयो । नेपालको सबैभन्दा ठँलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसाबले समेत सबैभन्दा बढी लगानी गरिरहेको छिमेकी राष्ट्र चीनबाट अझै धेरै लगानीको अपेक्षा नेपालले गरेको पनि उहाँले बताउनुभयो ।

‘नेपालमा लगानी, पँुजी, प्रविधि भित्र्याउँदा तपाईहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार छ,’ उपाध्यक्ष ढकालले भन्नुभयो । सन् २०१९ को मार्चमा नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेकाले उक्त सम्मेलनमा सहभागिताका लागि चिनियाँ पक्षलाई आमन्त्रण समेत गर्नुभयो ।

साथै उहाँले सम्मेलन अगाडि वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यावसायिक ऐन र अन्य आवश्यक ऐन कानुनलाई समय सान्दर्भिक रूपमा परिमार्जन गरी बढीभन्दा बढी वैदेशिक लगानी आकर्षणका लागि सरकार र निजी क्षेत्रले गृहकार्य गरिरहेको जानकारी गराउनुभयो ।

नेपालमा लगानीका सम्भाव्यताका विषयमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डललाई महासंघका तर्फबाट व्यावसायिक कृषि, पँर्वाधार (सडक, पुल, टनेल, एयरपोर्ट), पर्यटन, ऊर्जा, सँचना प्रविधि, उत्पादनमुलक उद्योगलगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरिएको थियो । उपाध्यक्ष ढकालले महासंघले सन् २०१९ को मार्चमा आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा हुपेई प्रान्तको महत्वपँर्ण सहभागिताका लागि निम्तो समेत दिनुभयो ।
सो अवसरमा चिनियाँ पक्षबाट हुपेई प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पुँजीमार्फत नेपालको विकासमा सहयोग गर्न तीव्र इच्छा व्यक्त गरियो ।
प्रतिनिधिमण्डलका नेता एवम् हुपेई उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाओ सुफेङले नेपालको विकासमा हुपेई प्रान्त सहयोग गर्न आतुर रहेको स्पष्ट पार्नुभयो ।
सो अवसरमा चिनियाँ पक्षबाट व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदानमा समेत जोड दिइयो । साथै सो अवसरमा भएको छलफलमा नेपालको जलविद्युत् विकासमा सहकार्य गर्ने विश्वास चिनियाँ पक्षबाट व्यक्त भएको थियो ।

भेटवार्तामा महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले दक्षिण एसियामा नेपाल सबैभन्दा बढी लगानीका लागि उपयुक्त थलो भएकाले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । दक्षिण एसियाको सबैभन्दा सिरानामा रहेको र चीनको अत्यन्त घनिष्ठ मित्रराष्ट्र समेत भएकाले नेपालको विकास प्रयासमा सहयोग गर्न उहाँले अनुरोधसमेत गर्नुभयो ।

निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ तपाईहरूलाई नेपालमा स्वागत गर्न आतुर छ, कोषाध्यक्ष प्रधानले भन्नुभयो–‘सरकार विदेशी लगानी आकर्षणका लागि आवश्यक नीतिगत सुधारमा क्रियाशील रहेको र लगानीको वातावरण समेत अत्यन्त अनुकुल रहेको छ । ’

प्रतिक्रिया दिनुहोस्