मुम्बईको एक अस्पतालनमा भिषण आगलागी, कम्तिमा ६ जनाको मृत्यु



मुम्बई (एजेन्सी)
मुम्बईको ईएसआईसी कामगार अस्पतालमा आगलागी हुँदा कम्तिमा ६जनाको मृत्यु भएको छ । सोमबार साँझ भएको उक्त दुर्घटनामा ५० भन्दा धेरै घाइते भएको बताइएको छ ।

आगो भुइतल्लाबाटै माथि फैलिएको जनाइएको छ । दमकलका कर्मचारीहरु आगो नियन्त्रण गर्ने प्रयासमा रहेको बताइएको छ । भारतको आर्थिक राजधानी मुम्बईको अंधेरी स्थित उक्त अस्पतालमा आगलागी हुँदा सयौं संख्यामा विरामी र चिकित्साकर्मी तथा कर्मचारी रहेका थिए ।

आगलागी हुँदा विरामी तथा कुरुवाहरु भाग्न पाउँदै आगो फैलिएको र नराम्रोसँग जलेर ६ जनाको मृत्यु भएको बताइएको छ । आगलागीको कारण भने थाहा हुन सकेको छैन । अहिलेसम्म ४७ जनालाई सुरक्षित उद्धार गरिसकेको जनाइएको छ । मृतक संख्या बृद्धी हुन सक्ने अुनमान गरिएको छ ।

घटनास्थलमा आगो नियन्त्रणका लािग १० फायर टेन्डर, १६ एम्बुलेन्स र उद्धार टोलीको एक समुह पुगिसकेको स्थानिय अधिकारीले बताए ।
अंधेरी इस्ट स्थित ६ तल्लाको उक्त अस्पतालमा साँझ ४ बजे आगलागी भएको मेयर भी मादेश्वरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्