अष्टे«लियाद्वारा जेरुसलम इजरायली राजधानी स्विकार



सिड्नी (एजेन्सी)
अष्ट्रेलियाले पश्चिमी जेरुसलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएको छ । प्रधानमन्त्री स्कट मोरिसनले उक्त घोषणा गर्दै तेल अभिव स्थित दुतावासलाई भने शान्ति सम्झौता नभएसम्मका लागि स्थानान्तरण नगर्ने बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछ्याउँदै पश्चिमी जेरुसलमलाई इजरायलको राजधानीको मान्यता दिने केही देशहरुको सुचीमा अष्ट्रलिया पनि परेको छ । जेरुसलमलाई इजरायल र प्यालेस्टिनी दुबैले आ–आफनो राजधानी बताउँदै आइरहेका छन् ।

भविष्यमा पुर्वी जेरुसलमलाई प्यालेस्टाइनको राजधानीका रुपमा मान्यता दिने पनि प्रधानमन्त्री मोरिसनले बताए । पश्चिम एसियामा उदार लोकतन्त्रको समर्थन गर्नु अष्ट्रेलियाको हितमा भएको उनले बताए । संयुक्त राष्ट्रको आलोचना गर्दै उक्त स्थानलाई लिएर इजरायललाई दुख दिएको उनले आरोप लगाए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफनो चुनावी प्रतिबद्धतालाई पुरा गर्ने क्रममा सन् २०१७ मा इजरायल स्थित आफनो दुतावास जेरुसलममा सार्ने घोषणा गर्दे त्यसलाई राजधानीका रुपमा स्विका गरेका थिए । उक्त कदमको अरब जगत तथा विश्वका कयौं सक्ती राष्ट्रहरुले समेत आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्