अर्को वार्ता



इस्लामाबाद (एजेन्सी)
तालिबानले अमेरिकासँग थप अर्को एक बैठक हुने जनाएको छ । यसपटकको वार्ता संयुक्त अरब इमिरेट्समा हुने र यसमा साउदी अरेबिया, पाकिस्तान र संयुक्त अरब इमिरेट्का प्रतिनिधि समावेश हुने बताइएको छ ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले विस्तृत विवरण दिएको छैन तर वार्ता सोमबार हुने जानकारी दिए । अमेरिकी विदेश मन्त्रालयले यस प्रकारको वैठक हुन लागेको कुरा अस्विकार र पुष्टि दुबै गरेको थिएन । तर अमेरिकी विशेष शान्ति दुत जालमे खलिलजादले यसअघि १७ बर्ष देखि चलिरहेको संघर्षमा संलग्न अफगान पक्षसँग भेटेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्