विद्युत सुरक्षा गार्ड मृत्यु प्रकरणः भदै देखिनै कर्मचारीबाट ज्यान मार्ने थ्रेट



मनोज भट्ट, महेन्द्रनगर ।
नेपाल विद्युत प्राधिकरण सव–स्टेशन लालपुरको सुरक्षार्थ खटिएका गार्डको मृत्यु प्रकरण अहिले चौतर्फीरुपमा चर्चामा रहेको छ । निर्मला हत्याकाण्ड पछि कञ्चनपुरमा एउटा अर्को घटनाले चौतर्फी मानिसको ध्यानाकर्षण गरेको छ । प्राधिकरणमा सुरक्षा गार्डको रुपमा कार्यरत भीमदत्त नगरपालिका–१९, बागफाँटाका चन्द्रदेव भट्टको करेन्ट लागेर मृत्यु भएको वा कसैले हत्या गरेर फालेको हो भन्ने प्रश्न सबैको मुख–मुखमा झुन्डिएको छ ।

घटनाबारे चौतर्फी जिज्ञासा आइरहेका बेला एउटा नयाँ तथ्य बाहिर आएको छ । मृतक भट्टको परिवारले चन्द्रदेवको करेन्ट लागेर मृत्यु नभई प्राधिकरणका कर्मचारीहरुले मिलेर हत्या गरेको दाबी गरेका हुन ।

मृतक चन्द्रदेवलाई कार्यालयका कर्मचारी कमल बडू लगायतका अन्य कर्मचारीहरुले भदौँ देखि ज्यान मार्ने धम्की दिने गरेको उनका भाई रामदत्त भट्टले बताए । उनका अनुसार कार्यालयका कर्मचारीहरुले ज्यान मार्ने धम्की दिने गरेको कुरा चन्द्रले घरमा सुनाएको बताए ।
यस्तै चन्द्रले कार्यालयमा कर्मचारीहरुले बेला बेलामा आफुलाई मानसिक तनाव दिने गरेको कुरापनि सुनाउने गरेको भाई रामदत्तले बताए ।
उनले भने, ‘कार्यालयमा रहेको समान तामा, तेल तथा अन्य इलेक्ट्रोनिक सामानहरु तैले चोरेको भनेर बारम्बार तनाव दिइरहन्छन्, भनेर घरमा कुरा गर्ने गर्नु हुन्थ्यो ।’

यस्तै उनले थपे, ‘कर्मचारीहरुले मलाई तथानाम भनेर धेरै तनाव भैसक्यो, खै म बाँच्छु कि बाँच्दिन , उनिहरु त मलाई मार्ने जस्ता छन् । म त आजदेखि काम छोडेर आउँछु भनेर दाई घरबाट जानु भएको हो । ’

सुरक्षा गार्डमा भट्ट एजेन्सीका मार्फत काममा लागेकोले पनि प्राधिकरणका कर्मचारीहरुले धेरै दुख दिने गरेको कुरा घरमा बारम्बार गर्ने गरेको उनले सुनाए ।

यसमा उनले थपे, ‘यो एजेन्सीबाट हो, यसलाई अब निकालेर अर्को मान्छे राख्ने कुरा पनि कर्मचारीबिच हुने गरेको थियो भनि दाई घरमा सुनाउथेँ ।’

प्राधिकरण कार्यालयबाट कर्मचारीहरुले त्यहाँ रहेको समानहरु तामा, तेल तथा अन्य इलेक्ट्रोनिक सामानहरु बाहिर बेच्ने गरेको र भित्रै रक्सी खाएर जुवातास खेल्ने गरेको एक स्रोतले जनाएको छ ।

रामदत्तका अनुसार चन्द्रले कार्यालयमा यसोे नगर्न आग्रह गर्ने गरेका थिए ।
उनि भन्छन्, ‘दाइले त्यहाँ हुने कुरा सबै थाहा पाएको र उनले त्यहाँबाट छाड्ने भन्ने थाहा पाएर बाहिर गएर यो कर्तुतको बारे बताउँछ भनि डरले कर्मचारीहरुले मिलेर हत्या गरि फालेको हो ।’

कार्यालयमा रहँदा एकदिन कार्यालयका अन्य कर्मचारीहरुले सिसिटिभी बन्द गर्न लगाएको र ताली पट्दिै अब यो फस्छ भनि हासेको र कुर्सीका तार निकालेर लडाएको कुरा घरपरिवारसंग बताएको उनले सुनाए ।

मृतक भट्ट निकै सोझो मान्छे भएकोले उसले कार्यालयभित्रका कर्तुत बाहिर बताउने भन्दै प्रांधिकरणका कर्मचारीहरुले नै मिलेर हत्या गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

प्राधिकरणका कर्मचारी विरुद्ध जाहेरी
घटनामा संलग्न भएको आरोपमा नेपाल विद्युत प्राधिकरणका १४ जना कर्मचारी बिरुद्ध किटानी जाहेरी दिइएको छ । भट्टको प्राधिकरणका कर्मचारीहरुले नै मिलेर हत्या गरेको आरोप लगाउँदै पिडित परिवारले उनिहरु बिरुद्ध किटानी जाहेरी दिएको हो । घटनाको सोधपुछका लागि प्रहरीले घटना भएकै दिन तिन जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । कार्यालयका कर्मचारी कमल बडूलाई भाग्दै गरेको अवस्थामा स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

शव यस्तो अवस्थामा छ 
भट्टको शव विद्युुतगृहको तारजाली भित्र ९ फिट अग्लो ट्रान्सर्फमर माथी रहेको छ । उक्त ट्रान्सर्फमर माथि सुरक्षा गार्डले चढ्नुपर्ने कुनै स्थिती देखिदैन् । शव बाहिरको तार जालि भन्दा ३ मिटर दुरिमा रहेको छ ।

रातभरी आफ्नो ड्युटी पुरा गरेर बिहान ५ बजे स्थानीय बजार लालपुरको साँउद जीको पसलमा चिया खाएर आफ्ना सहकर्मीको साथमा एकचोटी विद्युुत सव–स्टेसन पुगेर घर जान्छुँ भन्दै गएका मान्छे आधा घण्टा पछि मृत अवस्थामा फेला परेका हुन् । उनका सहकर्मी पनि उनीसंगै पावर सव–स्टेशन तिरै लागेको लालपुरका स्थानीय चिया पसले साउँदले बताए ।

प्रतिक्रिया दिनुहोस्