खुटिया—दिपायल सडक राष्ट्रिय राजमार्गमा राख्न सांसदको डेलीगेसन



विमल बिष्ट, डोटी ।
सुदूरपश्चिमको खुटिया—दिपायल हुदै बझांङको मानसरोबर जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउनका लागि सांसदहरुको डेलीगेसन गएको छ ।

डोटी बाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगर सहितको टोलीलेले भौतिक योजना तथा निर्माण मन्त्री रघुबिर महासेटलाई उक्त सडक राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्रीपरिषदको बैठकमा लैजानका लागि आग्रह गर्नु भएको छ ।
उक्त सडक राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्री परिषदको बैठकमा पेश गर्ने प्रतिबद्धता भौतिक योजना तथा निर्माण मन्त्री महासेठले बताउनु भएको कुरा सांसद आलेमगरले जानकारी दिनु भएको छ ।

डोटीको बिकासका लागि लागिपरेका सांसद प्रेमबहादुर आलेमगरले खुटिया—दिपायल हुदै बझांङ जोड्ने फाष्ट ट्रयाक सडकलाई जसरी पनि मानसरोबरमा पु¥याएरै छोड्ने दाबी गर्नु भयो । उहाँले भन्नु भयो ‘जसरी भएपनि फाष्टट्रयाक मानसरोबरमा जोड्छौ, जोड्छौ, धैरेता लिनुहोस ।’

उक्त डेलिगेसनमा जानुभएका सांसदहरु तेप्लेजुङका योगेश भट्टराई,मकवानपुरका विनोद खतीवडाले ओलानचुङगोला सडक र थानकोट चित्लाङ सडकलाई पनि राष्ट्रिय राजमार्ग बनाउनका लागि पहल गरिदिन मन्त्री महासेठलाई आग्रह गर्नु भएको सांसद प्रेमबहादुर आलेमगरका स्वकिय सचिब हेम्त रेग्मीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्