दोलखा समाज जापानले पायो नयाँ नेतृत्व , अध्यक्षमा नवराज थापा सर्वसम्मत



टोकियो, गत आईतबार दोलखा समाज जापानको अधिवेशन सम्पन्न भएको छ । जापानको टोकियोको सिनकुबुमा सम्पन्न भएको अधिवेशनले नबराज थापालाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचीत गरेको छ । अधिवेशनले १३ सदस्यीइ नयाँ कार्यसमिति निर्वाचीत गरेको छ ।

निर्वाचीत कार्यसमिति मा वरिष्ठ उपाध्यक्ष गीर बहादुर लामा , उपाध्यक्षहरुमा लोकराज चौलागाई ,सन्जिब पोखरेल , महेश खड्का , इन्द्र बहादुर खड्का , महासचिब रोशन थापा , सचिब शैलेन्द्र खड्का , कोषाध्यक्ष महेन्द्र राउत , सह कोषाध्यक्ष गणेश रिजाल चिन्तन , सदस्य नबराज सुबेदी , माधब खड्का , रत्न लामा हुनुहुन्छ । सल्लाहकारहरुमा भने डा। दिपेश खरेल , कुलबिन्द्र फुयाल , प्रदिप खड्का रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्