अमेरिकाद्वारा फिलिपिन्सलाई घन्टा फिर्ता



मनिला,(एजेन्सी)
एक शताब्दि भन्दा पहिले अमेरिकी फौजद्वारा लुटिएको तीनवटा घन्टा अमेरिकाले फिलिपिन्सको सम्बन्धित चर्चलाई फिर्ता गरेको छ । १ सय १७ वर्ष अघि लुटिएका यि पुरात्वातिक वस्तु पुन पप्त भएके अवसरमा बालानगिगामा आयोजित एक विशेष समारोहमा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टोले फिलिपिनो जनता र संयुक्त राज्य अमेरिकाको प्रशंसा गरेका छन् ।

फिलिपिन्स र अमेरिकाबिचको युद्ध दौरान ति काँसका घन्टा लुटेर लगिएको थियो । दशकौं लामो दवावपछि गत अगष्टमा फिलिपिन्स स्थित अमेरिकी दुतावासले ति घन्टा फर्काउने घोषणा गरेको थियो । डुटेर्टोले सन् २०१७ मा एउटा कार्यक्रममा भाषण दिने क्रममा ति घन्टा फर्काउन माग गर्दै फिलिपिन्सले चीनसंग मजवुत सम्वन्ध निर्माण गर्नुपर्ने सुझाव समेत दिएका थिए ।

यि घन्टालाई फिलिपिन्सले आफ्ना पुर्व औपनिवेशिक मालिकहरुबाट स्वतन्त्रता हासिल गरेको प्रतिकको रुपमा हेरिएको छ । सन् १९०१ मा बालानगिगा हत्याकाण्डमा फिलिपिनो फौजले ४८ जना अमेरिकी सेनाको उउटै चिहान बनाएपछि अमेरिकी जनरल ज्याकोव एच स्मिथले सो क्षेत्रलाई तहस नहस पार्न आदेश दिएकिा थिए । त्यसपछि बदला स्वरुप अमेरिकी फौजले हजारौं फिलिपिनोको हत्या गरी विजय पदकको रुपमा ति घन्टा लिएर गएको थियो ।

प्रतिक्रिया दिनुहोस्