तिब्बत मामिलामा अमेरिकी संसदद्वारा कडा कानुन पारीत



वासिङटन (एजेन्सी)
अमेरिकी संसदले तिब्बत मामिलामा कडा कानुन पारित गरेको छ । एक बरिष्ठ सिनेटरले यो कानुन दशकौं देखिको अन्यायको समाधानको दिशामा ससक्त कदम भएको बताए ।

अमेरिकी संसदको दुबै सदनले ‘रेसिप्रोकल एक्सेस टु तिब्बत एक्ट‘ पारित गरेको छ । उक्त विधेयक राष्टपति डोनाल्ड ट्रम्प समक्ष हस्ताक्षरका लागि गएको छ । उनले हस्ताक्षर गरेपछि यसले कानुनको दर्जा पाउनेछ । उक्त कानुनमा अमेरिकी नागरिक, सरकारी अधिकारी र पत्रकारलाई तिब्बतसम्म जान अनुमति दिने चिनियाँ अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाउने लगायत अन्य कठोर कदम समावेश गरिएको छ ।

अमेरिकी सिनेटर प्याट्रिक लिहले सदनमा उक्त कानुनको जानकारी दिँदै यसले दशकौं देखि भइरहेको अन्यायको समाधानको दिशामा ससक्त कदम भएको बताए ।

चीन सरकारले मानमानी तरिकाले तिब्बत जान विदेशी राजनितिज्ञ, पत्रकार र पर्यटकलाई विशेष परमिट जारी गर्नु पर्ने अनिवार्यता लगाएको उनले बताए । चीन सरकारले प्राय परमिट दिन अस्विकार पनि गर्ने गरेको र सिनजियांग सहित अन्य क्षेत्रका लागि त्यसतो कुनै अनिवार्यता नभएको पनि सिनेटरले जानकारी दिए । चीनले परमिट जारी गरेपनि चिनियाँ सरकारको एक गाइड सधैँ सँगै हुने गरेको लिहले बताए ।

प्रतिक्रिया दिनुहोस्