राष्ट्रपति भवन सर्वसाधारणका लागि खुला



इस्लामाबाद (एजेन्सी)
पाकिस्तान सरकारले कडा सुरक्षा क्षेत्र भित्र रहेको आलिशान राष्ट्रपति भवन अब सर्वसाधारणका लागि खुला गरेको छ । राष्टपति भवनको आधिकारिक नाम ऐवान–ए–सदर हो । यो राजधानीको अति सुरक्षा दिइएको रेड जोनको कन्स्टिच्युसन एवेन्यु स्थित मारगल्ला हिल्समा अवस्थित छ । राष्ट्रपति भवन आधुनिक पिरामिड वास्तुकलाको आबर्षक शैलीमा बनेको छ ।

यसको एकातिर प्रधानमन्त्री आवास र अर्को तर्फ संसद भवन रहेको छ । राष्टपति भवनका प्रवक्रा ताहिर खुसनुदले परिचय पत्र आधारमा सर्वसाधारणलाई विहान ९ बजे देखि साँझ ४ बजेसमम भवनमा प्रवेश अनुमति दिइएको जानकारी दिएका छन् ।

इमरान खानको तहरिक–ए–इन्साफ पार्टीले चुनावका क्रममा सत्तामा आएपछि देशको प्रमुख भवन आम नागरिकका लागि खुला गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । आफनो प्रतिबद्धता पुरान गर्न उक्त निर्णय गरेको बताइएको छ ।
उक्त निति अन्तर्गत लाहौर, कराची र पेशावरमा गभर्नर भवनलाई यसअघि नै सर्वसाधारणका लागि खुला गरिसकेको छ । गत सेप्टेम्बरमा लाहौरमा गभर्नर हाउस खुलेको पहिलो दिन ४ हजारले त्यसको अवलोकन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्