मन्त्रीद्वारा राजीनामा



वासिंगटन,(एजेन्सी)
भ्रमण,राजनीतिक गतिविधि लगायतका विभिन्न विषयमा संघिय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्री रायन जिन्केले राजीनामा दिएका छन् ।

जिन्केले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समक्ष बुझाइएको राजीनामा पत्रमा विपक्षीहरुबाट विभिन्न राजनीतिक आरोप लगाउन थालेकाले आन्तरिक सुरक्षा मन्त्रालयको दैनिक कामकाजमानै अबरोध आउने स्थिति सिर्जना भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् । जिन्केको राजीनामाका बारेमा ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले मोन्टानाका पूर्व कंग्रेस सदस्य जिन्केको कार्यकाल निकै सफल रहेको बताउँदै आगामी साताभित्रै जिन्केको स्थानमा नयाँ व्यक्तिको नाम घोषणा गरिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्