महराको मन



धेरैपछि धरहराको ध्यान आइतवार संसद भवन नयाँबानेश्वर तर्फ सोझियो । सँधै सांसद, संसद अनि संसदीय गतिविधीबारे समाचार लेख्ने पत्रकारहरुकै अधिवेशन भएसी चासो नहुने कुरै भएन । कार्यक्रममा प्रमुख अतिथि रैछन् सभामुख महरा ।

महरा सँधै भन्दा फरक शैलीमा प्रस्तुत भएको देख्दा धरहरालाई निकै खुलदुली लाग्यो । आफ्नो बोल्ने पालो आएसी उनले पत्रकारलाई धमाधम अर्ती उपदेश पो दिन थाले वा । पत्रकारिता कसरी गर्नुपर्छ, पत्रकारले कस्तो व्यवहार अनुशरण गर्नुपर्छ भन्दै अर्ती दिन शुरु गरेका महराले घुमाई फिराई सरकार र संसदलाई सहयोग गर्ने आग्रह गरे ।

उनको अर्ति सुन्दा लाग्यो–बड्डासँग वर्षौसम्मको पत्रकारिताको अनुभव पनि छ । आफूले पत्रकारलाई प्रतिपक्षी जस्तो व्यवहार नगर्ने र पत्रकारले पनि उस्तै व्यवहार गर्नुपर्ने उनको अर्तिको सारंश झल्कियो । ‘मेरो कार्यकाल जसरी हुन्छ सफल बनाउन मद्धत गर, आलोचनामा मात्रै शब्द खर्च नगर, मैले पनि तिमीहरुको मर्म राम्ररी बुझ्या छु, यसो मिलाएर बेला मौकामा सहयोग गरौला’–निकै नम्र लवजमा प्रस्तुत भएका महराको चुरो कुरो यस्तै बुझियो ।

प्रतिक्रिया दिनुहोस्