युनाइटेड सिमेन्ट्सद्वारा राजमिस्त्री तथा ठेकेदारलाई अन्तक्र्रिया



 

काठमाडाैं, (नेस)
केएल दुगड ग्रुपअन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले गण्डकी र धौलागिरीको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरी जानकारीमुलक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको छ ।

गोरखा, डुम्रे, खैरेनीटार तथा दुलेगौंडा, पोखरा तथा लेखनाथ, र बाग्लुङ गरी विभिन्न स्थानमा सो कार्यक्रम गरिएको उद्योगका क्षेत्रीय बजार प्रतिनिधि हेमलाल श्रेष्ठले जानकारी गराएका छन् ।

राजमिस्त्री तथा ठेकेदारको निर्माण सम्बन्धी कुनै पनि कार्यमा निकै नै ठँलो भँमिका तथा जिम्मेवारी रहने कारणले गर्दा उनीमा सिमेन्ट सम्बन्धी राम्रो ज्ञान हुनुपर्ने साथै भँकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रोफिटिङ सम्बन्धी जानकारी हुनुपर्ने अति आवश्यक देखिएकाले यो किसिमको जानकारीमुलक कार्यक्रम गरेको श्रेष्ठले जनाएका छन् ।

नेपाल गुणस्तर प्रमाण चिन्हले सु–सज्जित यस युनाइटेड सिमेन्ट, उच्च गुणस्तर र आङ्खना ग्राहकहरुप्रतिको सकारात्मक सोचका कारण छोटो समयमा गुणस्तरीय सिमेन्टको रुपमा चिनिन सफल भएको छ ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुंगा खानी र धादिङको नौबिसेमा कारखाना रहेको यस युनाइटेड सिमेन्टले विगतमा पनि यस्तै विभिन्न कार्य गर्दै आएको छ र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्