हिमालयन बैंक र चिरायु अस्पतालबीच सम्झौता



काठमाडौं, (नेस)
हिमालयन बैंक र चिरायु अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार चिरायु अस्पतालले हिमालयन बैंकद्वारा जारी भएका विभिन्न ब्रान्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र चिरायु अस्पतालका तर्फबाट सचालक चण्डेश्वरा नन्द राज वैद्यले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्