निगमको अनलाइन टिकेटिङ शुरु



काठमाडौं, (नेस)
नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि आइतबारदेखि अनलाइन टिकेटिङ प्रणाली शुरू गरेको छ । यसअघि २०७४ साउनमा अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ थालिएको निगमले जनाएको छ ।

आइतबार निगममा आयोजित एक समोराहमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनलाइन टिकेटिङ प्रणाली शुरू गर्नुभयो । यो प्रणालीले आन्तरिक उडानमा जाने यात्रुले घरैबाटै टिकट खरिद गर्न सक्ने छन् । कार्यकारी अध्यक्ष खरेलले ग्राहकलाई थप सुविधा दिने सन्दर्भमा आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ प्रणाली थालिएको जनाउनुभयो ।

निगमको साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोग गर्न निगमले सक्रियता अपनाउँदै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्