मेगा बैंकद्वारा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा



काठमाडौं, (नेस)
मेगा बैंक नेपालले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ ।

भिसा कार्ड इन्टरनेसनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि अतिरिक्त सुरक्षा तहका रूपमा रहनेछ । मेगा बैंकले भिसासँगको साझेदारीमा आइजिल्यान्ट टेक्नोलोजीमार्फत यो सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन् । जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुने बैंकले जनाएको छ ।

यस प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालसाझी एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनीय हुने मेगा बैंकको विश्वास छ ।

मेगा बैंक नेपालका सीईओ अनुपमा खुञ्जेलीले थ्रिडी सेक्योर प्रविधिको शुरुवातले मेगा बैंकका कार्ड प्रयोगकर्ता ग्राहकको कारोबार सुरक्षित बनाउन महŒवपँर्ण भँमिका खेल्ने बताउनुभयो । मेगा बैंकको अत्याधुनिक कार्ड सेवाले ग्राहकलाई विश्वस्तरीय सेवा उपभोगको अनुभव दिने उहाँको विश्वास छ ।

आइजिल्यान्ट टेक्नोलोजीका सीईओ प्रशान्त मेन्गावाडेले आफँहरुसँगको सहकार्यमा मेगा बैंकले भरपर्दो र सुरक्षित कार्ड सेवा शुभारम्भ गरेको भन्दै यसले नेपालको डिजिटल कारोबारको बढोत्तरीमा मद्दत मिल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्