शेयर लगानीकर्ता दबाब समूह सोमबारदेखि आमरण अनसन बस्ने



नेपाल समाचारपत्र, काठमाडौं
विगत केही दिनदेखि पुँजी बजारमा भएको गिरावट एकाएक रोकिएको छ । आन्दोलन, अनसनसँगै बजारमा गिरावट हुँदा निराश भएका लगानीकर्ता पुस महिनाको पहिलो दिन आइतबार एकाएक उत्साहित भएका छन् ।

लगानीकर्तामा एक्कासी आएको उत्साहका कारण आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि भएको छ । यस दिन नेप्सेमा १८ दशमलव ८९ अंकले बढेर १ हजार १ सय ६७ दशमलव ६७ को बिन्दुमा कारोबार बन्द भएको छ ।

बजारमा गिरावट हुनुको कुनै खास कारण नभए पनि पुँजी बजारप्रति सरकारको प्रष्ट नीति नदेखिँदा लगानीकर्ता सशंकित भई लगातार बजारमा गिरावट भएको थियो ।

पुँजी बजारको विकास र विस्तारका निम्ति धर्ना, अनसनजस्ता आन्दोलन हुन थालेपछि सरकार दबाबमा परेको थियो । फलस्वप पुँजी बजारमा आएको अन्योलता हटाउन सरकारले अग्रसरता लिँदै समस्या पहिचान र सुझाव दिन कार्यदल गठन गरेको छ । उक्त कार्यदलले आफ्नो सुझाव सरकारलाई बुझाउने तयारी गर्दै गर्दा लगानीकर्ता भई बजारमा खरिदको चाप बढ्दा नेप्सेमा हरियाली छाएको हो ।

यस दिन कुल १ सय ५९ कम्पनीको १४ लाख ७ हजार ५३४ कित्ता शेयर खरिद बिक्री हुँदा आइतबार ४७ करोड ४२ लाख १६ हजार ९०५ रुपियाँको कारोबार भएको छ ।

१० वटा समँहको कारोबार भएको यस दिन उत्पादन तथा प्रशोधन समँह बाहेक बाँकी सबै समँहको सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समँह ८ दशमलव ४३ अंकले गिरावट भएको छ ।

त्यस्तै निर्जीवन बीमा समँहको सूचक सबैभन्दा धेरै १६७ दशमलव २१ अंकले बढेको छ । त्यसबाहेक जीवन बीमा १३३ दशमलव ३७, लघुवित्त ३७ दशमलव ५२ र होटलको सँचक ३० दशमलव ३८ अंकले बढेका छन् ।

सबैभन्दा बढी कारोबार छिमेक लघुवित्त र नेपाल बैंकको भएको कारोबार भएको छ । ती कम्पनीको क्रमशः ५ करोड ७७ लाख ३९ हजार र ५ करोड ३२ लाख ७२ हजार रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार नेपाल बैंकको सबैभन्दा धेरै कित्ता शेयर कारोबार भयो । बैंकको १ लाख ७४ हजार १०५ कित्ता शेयर ५ करोड ३२ लाख रुपियाँमा कारोबार भएको हो ।

त्यस्तै सर्वाधिक कमाउनेमा मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मँल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै आरम्भ लघुवित्त र कालिका लघुवित्तको पनि करिब १० प्रतिशतले शेयर वृद्धि भएको छ ।

समग्र नेप्से परिसँचकमा उच्च अंकको वृद्धि हुँदा पनि धेरै गुमाउनेमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको शेयर मँल्यमा ४ दशमलव ४६ प्रतिशतले घटेको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक ३ दशमलव ९८ अंकले बढेर २ सय ४८ दशमलव ६७ अंकमा पुगेर बन्द भएको छ ।

यसैबीच शेयर बजार सुधारको माग गर्दै आन्दोलनरत शेयर लगानीकर्ता सोमबारदेखि आमरण अनसन बस्ने भएका छन् । आफूले उठान गरेका मागका सम्बन्धमा कुनै सम्बोधन नभएको भन्दै शेयर लगानीकर्ता पँर्वघोषित कार्यक्रमअनुसार आमरण अनसन बस्ने भएका हुन् ।

मागका सम्बन्ध गर्न अर्थ मन्त्रालय र सम्बद्ध निकाय गैरजिम्मेवार भएको भन्दै मंसिर २३ गतेदेखि नेप्से कार्यालय अगाडि रिले अनशनमा बसेको शेयर लगानीकर्ता दबाब समँह सोमबारदेखि आमरण अनसनमा बस्ने जनाएको हो । साथै समँहले सोमबारदेखि शेयर कारोबार बन्द गरेर आफूहरुको कार्यक्रम सहभागी हुन आग्रहसमेत गरेको छ । समँहले नेप्से, ब्रोकर एसोसिएन तथा लगानीकर्तालाई कारोबार बन्द गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्