वडा कार्यालयलाई जग्गादान



विनोद सिंह विष्ट, बैतडी । आफ्नै भवन नहुदा कार्यसम्पादनमा समस्या भइरहेका बेला बैतडीको मेलौली नगरपालिका– ३ को कार्यालयलाई जग्गा प्राप्त भएको छ ।

वडा नं ३ स्थित मलेनाका खुइल सिँह ठगुन्नाले वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन स्थापना गर्नको लागि आफ्नो नाममा रहेको १० रोपनि जग्गा दान गर्नुभएको वडा अध्यक्ष रघुबिर भाटले जानकारी दिए।

वडा कार्यालयको आफ्नै भवन नहुदा कार्यसम्पादनमा समस्या भइरहेकाले आफुले जग्गा दान गरेको जग्गादाता खुइल सिँह ठगुन्नाले बताए ।

वडा कार्यालयको आफ्नै भवन नहुदा कार्यसम्पादनमा समस्या भएको र जग्गा प्राप्त भएपछि वडा नं ३ को कार्यालय मलेनामै वडा कार्यालयको स्थापना गरीने भएको छ । हाल वडा नं २ र ३ को कार्यलयको एउटै भवनबाट कार्यसम्पादन हुदै आएको छ । जग्गा दान गर्ने ठगुन्नालाई वडा कार्यालयका तर्फबाट धन्यबाद ज्ञापन गरिएको छ ।

यसैबिच मेलौली नगरपालिका वडा– जर्कु टोलमा स्थापना भएको प्रसुती गृहको लागी जग्गा दान गर्ने गंगा सिंह नायकलाई सम्मान गरीएको छ । जग्गादाता नायकलाई अभिभावक भेलाको आयोजना गरी वडा अध्यक्ष सुरत सिंह नेगीले दोसल्ला , फुलमाला र अविर सहित सम्मान गरेका हुन् । जग्गादाता नायकले प्रसुती गृह निर्माणकाने लागी २ रोपनी जग्गा दान गर्नुभएको थियो ।

अहिले प्रसुती गृहको घर निर्माण भई संञ्चालनमा आउने तयारीमा रहेको छ । पुषको अन्तीम साता सम्म प्रसुती गृह संञ्चालनमा ल्याई सेवा सुविधा दिने तपारी गरिरहेको वडा अध्यक्ष नेगीले बताए । प्रसुती गृह संञ्चालनमा आएपछी त्यहाँका गर्भवती महिलाहरुलाई सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्