कांग्रेस महासमिति बैठक: आज विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी



काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकको मुख्य एजेण्डा विधान संशोधन प्रस्ताव आज सोमबार पेश गर्ने तयारी गरिएको छ । विधान संशोधन मस्यौदामाथि केन्द्रिय कार्यसमिति भित्र मतभिन्नता रहेको कारण महासमिति बैठक शुरु भएको तीन दिन सम्ममा पनि यो प्रस्ताव पेश हुन सकेको थिएन । महासमितिमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रिय समितिले पारित गर्नुपर्छ ।

विधान संशोधन प्रस्तावमा केन्द्रिय समिति भित्र मुख्य रुपमा पदाधिकारीको संख्या बारे मतभिन्नता अझै कायम रहेको छ । विधान मस्यौदा समितिले केन्द्रिय समितिमा ल्याएको प्रस्तावमा केन्द्रिय समितिको संख्या ८५ बाट बढाएर १ सय ४१ पु¥याएपनि पदाधिकारीको संख्या भने अझै बढाइएको छैन ।

केन्द्रिय समितिको संख्या बढाएसंगै पदाधिकारीको पनि संख्या बढाउने विवाद टुङगोमा नपुद्या महाससमिति बैठकमा विधान मस्यौदा प्रस्ताव पेश हुन सकेको थिएन । विधान मस्यौदा प्रस्ताव पारित गर्न आइतवार साझ ६ बजे पनि केन्द्रिय समिति बैठक आव्हान गरिएको केन्द्रिय सदस्य कमला पन्तले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको थियो ।

महासमिति बैठकमा आइतवार पार्टीको सांगठनीक, राजनीतिक र समग्र आर्थिक नीति लगायतका प्रस्ताव पेश भएको थियो । पेश भएका प्रस्तावमाथि प्रदेश स्तरीय सात समुह बनाई छलफल गरिने बताइएपनि बैठकमा समय मागेर बोल्ने क्रम जारी रहेको छ । आइतवार साझ अवेर सम्म १ सय ५० जना जति महासमिति सदस्यहरुले धारणा राखेका थिए ।

महासमिति बैठकमा हिन्दुराष्ट्रको प्रस्ताव पनि लैजान महासमिति सदस्यहरुले पहल गरिरहेका छन् । केन्द्रिय कार्यसमितिले उक्त प्रस्ताव नल्याएपछि महासमिति सदस्यहरुले सनातन हिन्दुराष्ट्र अंगिकार गर्ने गरी विधान संशोधन गर्न हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन् । केन्द्रिय समितिले प्रस्ताव नल्याएपछि सो प्रस्तावलाई एजेण्डाको रुपमा लैजान कुल महासमिति सदस्य मध्य २५ प्रतिशतको सहमति चाहिन्छ ।

आइतवारको बैठकमा राजनीतिक, सांगठनिक, समग्र आर्थिक नीति र पार्टीको लेखापरीक्षण गरिएको आर्थिक प्रतिवेदनमाथि महासमिति सदस्यले धारणा राख्ने क्रम जारी रहेको भन्दै महासमिति सदस्य इश्वरी ओझाले भन्नुभयो— धारणा राख्ने प्रत्येक सदस्यलाई चार÷चार मिनेटको समय दिइएको थियो । उहाका अनुसार हिन्दुराष्ट्र बारे प्रस्ताव नआएपनि यस बारेमा महासमिति सदस्यहरुले कुरा उठाउने तयारी गरेको वुझिएको छ ।

महासमिति बैठकको प्रमुख एजेण्डा विधान संशोधन प्रस्ताव ल्याउने तयारी भैरहेको भन्दै केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले भन्नुभयो– विधान संशोधन प्रस्ताव सोमबार आउछ । विधान संशोधन प्रस्ताव पारित गर्न केन्द्रिय समितिले राती अवेर सम्म छलफल गरेको थियो ।

पुस ३ गते सम्म चल्ने भनिएको महासमिति बैठकमा मुख्य एजेण्डा नै प्रस्तुत नहुदा बैठक लम्बिने सम्भावना बढेको छ । मंसिर ९ गते देखि लगातार छलफल गरेको केन्द्रिय समितिले महासमिति बैठक शुरु भएको तीन दिन वितिसक्दा समेत विधान संशोधन प्रस्ताव पारित गर्न नसकेको बेला महासमितिमा छलफल गरी पारित गर्न समय लाग्ने भएको छ । मंसिर २८ देखि शुरु भएको महासमिति बैठक भोलि पल्ट शनिवार मात्र उद्घाटन गरि अन्य प्रस्ताव पेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्