गौरीकलाको हत्या र बलात्कारमा संलग्न तीनलाई जन्मकैदको फैसला



सुर्खेत । गौरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश ध्रबकुमार शाहीको एकल इजलासले बलात्कारपछि हत्या गरेको ठहर गर्दै दैलेख घर भई दैलेख घर भई अस्थायी ट्राफिक पोस्ट बाबियाचौरमा कार्यरत हरिप्रसाद कोइराला, पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

सूर्यप्रकाश माध्यामिक विद्यालय पलैंटेमा अध्ययनरत रोकाय विद्यालय शिक्षा परीक्षा(एसईई) दिन बाबियाचौरमा कोठाभाडामा बसेको बेला गत चैत १३ गते बलात्कारपछि हत्या भएको थियो । प्रहरीले हत्याको भोलिपल्ट प्रहरीले ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्