एलियनहरु सूर्यको नजिक पुगेको संकेत



काठमाडाैं । हार्वर्ड युनिभर्सिटीका एष्ट्रोफिजिक्स सेन्टरले एलियन (अर्कै ग्रहका अनुमानित जीवहरु) र सौर्यप्रणालीबारे अनौठो खुलासा गरेको छ । अध्ययनअनुसार एलियनहरु सौर्यप्रणालीको ज्यादै नजिक पुगेको संकेत मिलेको छ । जसअनुसार दुई ताराहरुबीचको स्पेसमा कृत्रिम प्रकाश रहेको छ अथवा त्यहाँ जीवनसँग जोडिएको कुनै संकेत अवश्य छ ।

वैज्ञानिकहरुका अनुसार ओयुमुमुआ नामक चट्टानको अर्थ आउनुअघिको पहिलो सन्देश हुन्छ । हवाईमा देखिएपछि तारा प्रणालीमा सूर्यको प्रवेशसँगै दोस्रो संकेत मिलेको छ । जुन संकेत कृत्रिम तरिकाबाट उत्पन्न भएको प्रकाशतर्फ इसारा गर्ने खालको छ । सौर्य विकिरणतर्फ यी किरणहरुको झुकाव देखिएको बताइएको छ ।

लम्चो आकारको यो छोटो तारा ४०० मिटर लामो र ४० मिटर फराकिलो जस्तो देखिन्छ । १ लाख १२ हजार किमि प्रतिघण्टाको गतिमा बढिरहेको यो ग्रहको गति हेर्दा यसले वरुण ग्रहलाई लगभग चार वर्षअघि नै पार गरिसकेको छ । यद्यपि यसको अधिकतम गत ३ लाख १३ हजार ६०० किमि प्रतिघण्टा भएको रेकर्ड छ । जतिबेला यसले सूर्यको परिक्रमा गरेको थियो ।

(नवभारतटाइम्स)

प्रतिक्रिया दिनुहोस्