विश्व विद्यालयमा प्रिन्सिपलको मनोमानी, विद्यार्थीले गरे तोडफोड र पुत्ला दहन



मनोज भट्ट महेन्द्रनगर, ०१ पुस । सुदूर पश्चिमाञ्चल विश्विद्यालयमा प्रिन्सिपलको मनोमोनीले गर्दाखेरी आइतवार विद्यार्थी संगठनहरुले केन्द्रीय क्याम्पस तोडफोड तथा आगजनी गरेका छन् । विभिन्न भागबण्डाका आधारमा शिक्षक तथा कर्मचारी नियुक्त गरेको भन्दै चार विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले तोडफोड गर्नुका साथै प्रिन्सिपल डा. भुपेन्द्र विष्ट सहित तीन प्राध्यापकको पुत्ला दहन गरेका छन् ।

पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा बैद्य निकट अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट क्रान्तिकारीका विद्यार्थीले तोडफोडसँगै प्रिन्सिपलको कुर्सी समेत जलाएका छन् । विद्यार्थीले नेपाल प्राध्यापक संघका अध्यक्ष कर्णदेव भट्ट र पूर्व माओवादी केन्द्र निकट राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष धनराज विष्टको समेत पुत्ला दहन गरेका छन् ।

प्रिन्सिपल कार्यकक्ष र बाहिर रहेका फर्निचर, पुस्तकालयका सिसा समेत विद्यार्थीले तोडफोड गरेका छन् । तोडफोड बाट झण्डै ४ लाख बराबरको क्षती भएको विश्वविद्यालय प्रशासनले जनाएको छ । के हो प्रिन्सिपलको मनोमानी विश्वविद्यालयमा मानविकि संकायको इकोनोमिट्री बिषयकालागि आवश्यकता भन्दा बढि शिक्षकहरुलाई प्रावधान र प्रकृया मिचेर नै प्रिन्सिपल भुपेन्द्र बिष्टले नियुक्त गरेका हुन् । लामो समय देखि विश्वविद्यालयमा शिक्षक र कर्मचारीको अभाव रहेका बेला प्रिन्सिपल बिष्टले मनोमानी ढङ्गले शिक्षक नियुक्तिका प्रकृया नै पुरा नगरी नियुक्त गरेको पाइएको छ ।

५ जना विद्यार्थी रहेको कक्षाका लागि ४ जना शिक्षक नियुक्त गरिएका छन् । नियुक्त गरिनेहरुमा निशा भट्ट, यज्ञराज उपाध्याय, भक्तराज भट्ट र मोहन साउद रहेका छन् । विश्व विद्यालयमा शिक्षक तथा कर्मचारी आवश्यक परेमा सूचना निकालेर ३५ दिन सम्म म्याद राख्नुपर्ने प्रावधान रहेको छ । तर महिनौ देखि शिक्षक र कर्मचारी अभाव रहेको विश्व विद्यालयमा विद्यार्थीहरुले पटक पटक शिक्षक माग गर्दा समेत माग पुर्ति नगरी परिक्षा आउन केबल १५÷१६ दिन बाँकि रहदाखेरी मनपरी ढङ्गले शिक्षक र कर्मचारी नियुक्त गरिएको अनेरास्ववियुका एक नेताले बताए । शिक्षकलाई भाग बण्डा गरिएर राखीएको कर्मचारी स्रोतले बताएको छ ।

अघिल्लो शुत्रबार सम्म २ जना मात्रै नियुक्त गरिएको तर विभिन्न भागबण्डा नमिल्दाखेरी सोमबार थप २ जना शिक्षक समेत नियुक्त उक्त स्रोतले बताएको छ । तर विश्व विद्यालयका प्रिन्सिपल बिष्ट भने कुनै भागबण्डाका आधारमा नभई आवश्यकताका आधारमा नियुक्त गरिएको बताउछन् । अहिले विश्वद्यिालयमा राखिएका शिक्षकहरु पुर्णकालिन करार नभई पार्ट टाईमका लागि मात्रै राखिएकोले कुनै सूचना अर्थात प्रावधानमा जानु नपर्नेे बताउछन् । तर बिष्ट शिक्षक नियुक्तिको बिषयले औधी विवादमा तानिएका छन् । यो भन्दा अगाडि पनि प्रिन्सिपल बिष्ट धेरै पटक एकलौटी अर्थात मनोमनी ढङ्गले निर्णय गरेको भन्दै विवादमा आउने गरेका थिए ।

विद्यार्थीको माग रातारात नियुक्त गरिएका शिक्षक लाई तत्काल प्रकृयामा ल्याएर अगाडि बढ्नु पर्ने सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको माग रहेको छ । प्रिन्सिपल भुपेन्द्र बिष्टले मनोमानी तरिकाले दलाली गर्दै शिक्षक नियुक्त गरेको हुनाले तत्काल उहाँले समेत राजीनामा दिनु पर्ने र नियुक्त गरिएका शिक्षकलाई खारेज गर्नु पर्ने अनेरास्ववियु राष्ट्रिय कमिटी सदस्य सत्यम जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्