ताइवानमा आशालाग्दो नयाँ आर्थिक कार्यक्रम



ताइपेइ,(एजेन्सी)
गत मे २० मा ताइवानका महिला राष्ट्रपति साइ इन्ग–वेनले कार्यकाल सम्हालेको पहिलो वर्षगाँठ मनाइएको छ । उनको नेतृत्वमा काम शुरु हुना साथ ताइवानी सरकारले सामाजिक सुरक्षा र अत्याधुनिक र विकसित आर्थिक नमुना निर्माणका लागि आधारशिला तयार पारेको थियो ।

ताइवानको यस कार्यक्रमलाई ठूलो प्राथमिकता दिँदै अमेरिकाको आर्थिक पत्रिका फोच्र्युनले समेत मार्च महिनाको अंकमा ताइवानी राष्ट्रपति साइलाई विश्वका पचास प्रमुख नेताको सुचिको आठौं स्थानमा राखेको थियो । सरकारको यस निकै आशालाग्दो नयाँ आर्थिक कार्यक्रमलाई फरवर्ड – लुकिंग इन्फ्रास्ट्रक्चर प्रोग्राम ( एफआइपि ) अर्थात आधुनिक पुर्वाधार कार्यक्रमको नाम दिइएको थियो ।

कूल २८ दशमलव ४ अर्व अमेरिकी डलर वरावरको यो एफआइपिको मुख्य उद्देश्य घरेलु लगानी वृद्धि गर्नु , ताइवानको आर्थिक वृद्धि संभाव्यता खोल्नु र आगामी तीन दशकका लागि राष्ट्रको प्रमुख पर्वाधार आवश्यकताहरुलाई सम्बोधन गर्नु रहेको छ ।


तिव्र गतिमा औद्योगिक रुपान्तरण हति उर्जा तथा डिजिटल पुर्वाधार परियोजना विस्तार गर्नु र जीवनको गुणस्तर सुधारका लागि शहर – ग्रामिण विकास र जलश्रोत योजनामा लक्षित रहने एफआइपिको कार्यक्रम रहेको छ । साथै ताइवानको पारवहन संजालको विकास र एकिकरणका लागि रेलवे सेवाको बृहत विकासको लक्ष पनि एफपिआइको रहेको छ ।

यसका अन्य योजनामा दक्षिणी शहर ताइनानमा सालुन हरित उर्जा विज्ञान तथा प्रविधि शहर तथा पुर्वी ताइवानमा दोहरो पटरीवाला रेलवे लाइन निर्माण र दुई हजारवटा समुदाय स्तरका दिर्घकालिन स्याहार केन्द« स्थापना गर्नु रहेका छन् । आगामी आठ वर्ष भित्र एफआइपिले सरकारी र निजि स्तरको क्रमशः ५७ दशमलव ४ अर्व र ३१ दशमलव ५ अर्व अमेरिकी डलर लगानी विस्तार गरेर ताइवानको वास्तविक गाहस्र्थ उत्पादनमा जोड्ने तथा थप ५० हजार रोजगार सिर्जना गर्ने लक्ष पनि प्रक्षेपण गरेको छ ।

राष्ट्रिय प्रतिस्पर्धालाई प्रवर्धन गर्दै एफआइपिले जैविक प्रविधि , औषधि उत्पादन , हरित उर्जा , राष्ट्रिय प्रतिरक्षा , स्मार्ट मसिनरी , इन्टरनेट र कृषि क्षेत्रको विकासमा पनि विशेष ध्यान पु¥याउने भएको छ । ताइवानी सरकारले गत मार्चमै घरेलु पनडुब्बीहरु निर्माण गर्ने सम्बन्धमा एक सम्झौतापत्रमा हस्ताक्षर गरेर औद्योगिक तथा प्राविधिक विकासमा आफ्नो गाम्भीर्यताको प्रमाण दिइसकेको छ ।

रक्षा मन्त्रालय , राष्ट्रिय चुँग सान विज्ञान तथा प्रविधि प्रतिष्ठान र स्थानिय जहाज निर्माण कम्पनी सिएसविसिबिच भएको सम्झौत अनुसार आठ वर्ष भित्र निर्माण गरिसक्ने पहिलो घरेलु पनडुब्बीलाई आगामी एक दशक भित्र प्रयोगमा ल्याइने छ । विगत एक वर्ष यता ताइवानमा दिर्घकालिन सामाजिक कल्याणकारी कार्यमा सुधार ल्याउने पहल पनि गरिएका छन् ।

आर्थिक रुपमा पिछडिएका नागरीकहरुलाई दिगो आर्थिक टेवा पु¥याउने उद्देश्यले सरकारले सार्वजनिक पेन्सन प्रणाली पनि कार्यान्वयनमा ल्याउन लागेको छ । त्यसैगरी संयुक्त सरकारी र निजी लगानीमा आगामी सन् २०२४ सम्ममा सबैको पहुँच पुग्ने खालका २ लाख वटा सस्ता आवास बनाउने योजना पनि तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्