मोवाइललाई फ्लाइट मोडमा नराख्दा विजोग !



वासिंगटन,(एजेन्सी)
एकजना यात्रुले विमानमा आफ्नो मोवाइललाई फ्लाइट मोडमा नराख्दा चार सय अमेरिकी डलर विल तिर्न बाध्य भएका छन् । उडानको अवधि भरि नाम नखुलाईको ति व्यक्तिले फोनलाई फ्लाइट मोडमा परिवर्तन नगरी आफ्नो ह्यान्ड ब्यागमा राख्दा दशा लागेको थियो ।

उनी आइरिस क्यारियरबाट आयरल्यान्डबाट संयुक्त राज्य अमेरिका तर्फ आउनेक्रममा यो घटना भएको हो । उनले सो यात्राको केहि सातापछि आफ्नो फोन सेवा प्रदायक एटि एन्ड टिले ४ सय डलरको विल पठाएपछि आफुले पत्याउनै नसकेको आइरिस टाइम्सलाई बताएका छन् ।

एटि एन्ड टिले भने विमानमा अनलिमिटेड इन्टरनेसनल रोमिंग प्लानका लागि विमानमा राखिएका एन्टेनाहरुका कारण यस्तो अप्रत्यासित परिमाणमा विल चढेको स्पष्ट पारेको छ । ति एन्टेनाले फ्लाइट मोडमा नरहेका मोवाइल फोनहरुलाई उक्त प्लानमा स्वत कनेक्ट गरिदिन्छ फलस्वरुप प्रयोग नगरिएका फोनको पनि शुल्क चढ्न थाल्छ ।

उडानको दौरान सबैले आफ्ना फोनलाई फ्लाइट मोडमा राखनु पर्ने अर्को पनि कारण छ । क्वोराका एकजना पायलटले फोन फ्लाइट मोडमा नराख्दा पायलटको हेडफोनमा किरर्र … किरर्र…. आवाज आइरहने हुँदा त्यस्ता फोनको व्याटरी चाँडै सकिने बताएक छन् ।

यसले पायलटको काम पनि विथोल्ने बताइएको छ । त्यसैले उडानको क्रममा फ्लाइट एटेन्डेन्टले आ–आफ्नो फोनलाई फ्लाइट मोडमा राख्न गरिएको अनुरोधलाई औपचारिकता मात्र ठान्दा कति वेफाइदा हुन्दो रहेछ भन्ने सबै यात्रुले बुझ्नु जरुरी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्