चीनमा नक्कली सौन्दर्य प्रसाधनको विगविगी



बेइजिंग,(एजेन्सी)
चीनमा प्रहरीले अनुमति बिनाको नक्कली सौन्दर्य प्रशाधनहरु आपुर्ति गर्ने एक संजाललाई नियन्त्रणमा लिएको सरकारी संचार माध्यम सिन्ह्वाले जनाएको छ । उक्त संजालले छ महिनाभित्र करिव द्धघ लाख अमेरिक िडलर वरावरको नक्कली बोटोक्स , भिटामिन सि इन्जेक्सन र अवैध ढंगले आयातित ह्यालुरोनिक एसिड बिक्रि गरेको जनाइएको छ ।

सौन्दर्य बढाउने नककली वस्तुहरु चीनभरि छ्यापछ्याप्ती फैलिएको छ । चाँग्दे शहरको एउटा ब्युटि पार्लरमा अचानक छापा मारेपछि सरकारी निकायले गत वर्षको सेप्टेम्वरमा पहिलोचोटि यस्ता नक्कली सामान भेटाएको थियो । जिलिन प्रान्तको जुओ नामक व्यक्तिले विच्याटको मेसेजिंग एप मार्फत उक्त सैलुनमा ति अवैध सामान आपुर्ति गर्दै आएको अनुसनधानबाट खुल्न आएको थियो ।

प्रहरीले जुओको गोदाममा छापामार्दा स्किन केयरमा प्रयोग हुने २ हजार ३ सय बोटल भन्दा बढि ह्यालुरोनिक एसिड लगायत अन्य नक्कली सौन्दर्य प्रसाधन सामग्री फेला पारेको थियो । प्रहरीले जुओको सिपिंग अभिलेखको आधारमा यस्ता सामग्री १० वटा छुटाछुटै प्रान्तका ग्राहकहरलाई पठाइने गरेको पनि पत्ता लगाएको छ ।

जुओसंगै अन्य दुईजनालाई पनि यहि अभियोगमा गिरफतार गरिएको छ । चीन सौन्दर्यका लागि गरिने प्लाष्टिक सर्जरीको लागि विश्वकै सबैभन्दा ठूलो बजार मध्ये एक मानिन्छ । असुरक्षित ढंगले यस्ता नक्कली सौन्दर्य प्रसाधनको प्रयोगको कारण विभिन्न सम्स्या लिएर महिलाहरु अस्पतालमा पुग्न थालेपछि चीन सरकारले यस सम्बन्धमा गम्भरि चासो राखेको हो ।

प्रतिक्रिया दिनुहोस्