किम चित्रित मास्क



सोल,(एजेन्सी)
दक्षिण कोरियाको एउटा फेसन तथा कस्मेटिक्स कम्पनीले उत्तर कोरियाली नेता किम जोंग उन चित्रित मुखमा लगाउने मास्क निकालेपछि ठूलो विवाद सिर्जना भएको छ । तर उक्त कम्पनीले गत जुन महिना यता आफुले ‘ युनिफिकेसन मोइस्चर न्युक्लियर ’ नामक २५ हजार वटा भन्दा बढि मास्क् बिक्रि गरिसकेको दावी गरेको छ ।

तर ति मास्क्को वैधता र सार्वजनिक विरोधको कारण थुपै्र दक्षिण कोरियाली स्टोरले यसको बिक्रि रोकिसकेका छन् । संयुक्त राष्ट्र संघले किमका सरकारले मानव अधिकार उल्लंघन गरेको भनी विरोध गर्दै अआइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्