जुहारीपछि जबरा



नेता सहभागी हुने राजनीतिक दलको बैठक निर्णय विना टुङ्गिएको प्रसङ नौलो हुन छोडिसक्यो । नेताका बैठक भन्दा निकै उपल्लो र उट्पट्याङ हुन थाल्या छ संवैधानिक परिषद्को बैठक । परिषद्ले बल्ल बल्ल बल्ल भावी प्रधानन्यधिश सिफारिस ग¥या छ ।

गत विहिवारको परिषद् बैठकले चोलेन्द्र शम्शेरलाई चुन्यो, अर्थात् भावी प्रधानन्याधिश सिफारिस ग¥यो । सो दिनको बैठक कक्षमा देउवा प्रवेश प्रवेश गरेपछि सत्तापक्षका नाइके ओली वीचको दोहोरो कटाक्ष निकै रोचक देखियो । बैठक कक्षमा प्रवेश गरेका देउवा राम्रोसँग कुर्चीमा बस्न नपाउँदै…।

देउवा : तिमरले दीपकलाई बनाउन्नौ क्यार, त्यहि चोलेन्द्रलाई बनाऊ ।
ओली : हाम्रो चिन्ता किन, बैठकमा आफ्नो कुरा राखे भै गो नि ?
देउवा : हेर्दैछु म पनि, कतिन्जेल खाउला र सत्ता ? आफ्नैले धेरै दिन रहन दिन्न क्यार, देखौला ।
ओली : मेरो चिन्ता छोडौ, पहिला पार्टीभित्र आफ्नो पोजिसन बलियो बनाऔं ।
यस्तै कटाक्ष जारी रहँदा परिषद्का सदस्य आपसमा कानेखुशी गर्दै थिए–‘बैठक पार्टीको हो कि परिषद्को, बुझ्नै सकिन्न भन्या, भावी प्रन्यामा जबरा श्रीमान्को नाम सिफारिस भा त हो नि ?’

प्रतिक्रिया दिनुहोस्