‘संस्कृति जोगाउन पुरातत्व प्राधिकरण गठन गर्नुपर्छ’



भेषनारायण दाहाल
महानिर्देशकः पुरातत्व विभाग
बि.सं २०७२ सालको शक्तिशाली भुकम्पबाट ध्वस्त भएका सम्पदा पुननिर्माण गर्नु मुख्य चुनौती बनेर आयो । जताततै भग्नावशेष हटाउन नसकेर केही आलोचना खेप्नु परेको थियो । तर नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय जनताको सहयोगबाट भत्किएका संरचनाका सम्पूर्ण सामाग्री चोरी हुनबाट जोगाउन सफल भयो पुरातत्व विभाग ।

युनेस्कोले उपत्यकाका विश्व सम्पदालाई खतराको सूचिमा राख्ने पटक–पटक चेतावनी दिएको थियो । तर समयमै सम्पदाहरु पुननिर्माण र संरक्षण गरी खतराको सूचिमा राख्ने तयारीलाई असफल बनाउने कार्यमा पुरात्व विभागले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । भुकम्पले ध्वस्त भएका अधिकांश सम्पदाहरु धमाधम पुननिर्माण भैरहेका छन् । विभागकै सक्रियता र भूमिकाको कारण देशभरका मुर्त र अमुर्त सम्पदा जोगिन सफल भएको छ ।

संस्कृति मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण लगायतका निकायको समन्वयमा देशैभरका सम्पदाहरुको केहीको पुननिर्माण भइसकेको छ भने केही हुने क्रममा रहेका छन् । कुनै वहुवर्षिय त कुनै दुई वर्षिय योजनाका काम धमाधम भैरहेका छन । समग्रमा भन्नुपर्दा भुकम्पले ध्वस्त भएका धरहरा, सिहदरबार, काष्ठमण्डप, दरबार हाइस्कुल लगायत दर्जनौ सम्पदा तत्काल पुननिर्माण गनुपर्ने चुनौतीपूर्ण अवस्थालाई सहजै समाधान गर्न विभाग सफल देखियो ।

सम्पदा पुननिर्माण संरक्षणमा अब मुर्त र अमुर्त संस्कृतिको जगेर्ना गर्न पुरातत्व प्राधिकरणको आवश्यकताको विषयमा पनि चर्चा सुरु भएको छ । अहिले विभागले सय वर्ष पुगेका मुर्र्त सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने मात्र काम गरिरहेको छ । अब विभागको भूुमिका संघतर्फ मात्र इंगित नभै प्रदेश र स्थानीय तहमा पु¥याउन जरुरी छ । यस्तै विषयमा पुरातत्व विभागको भुमिका लगायतका विषयमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालसँग नेपाल समाचारपत्रका लागि ईश्वरराज ढकालले गरेको कुराकानीः–

पुरातत्व विभागले कसरी काम गरिरहेको छ ?
विभागले देशभरका करिब दुई हजार दुई सय सम्पदा संरक्षण गरिरहेको छ । विभागका भावी योजना भुकम्पले ध्वस्त भएका सम्पदाहरु पुन निर्माण गर्नु हो । हालससम्म करिब दुई सय सम्पदाको पुननिर्माण सम्पन्न गरेका छौ । यो वर्ष १ सय ५० सम्पदा पुननिर्माण सम्पन्न गर्ने योजना बनाएका छौ ।

बाँकी रहेका सम्पदा एक वर्षिय, दुई वर्षिय र बहुवर्षिय योजना अनुसार पुननिर्माण गर्ने कार्य भैरहेको छ । विभागको मुख्य योजना भनेको आगामी पाँच वर्षभित्र भुकम्पले क्षतिग्रस्त, सामान्य क्षतिग्स्त र ध्वस्त भएका सम्पुर्ण सम्पदाहरुको पुननिर्माण सम्पन्न गर्ने योजना छ ।

यस आर्थिक बर्षको लागि सम्पदा पुननिर्माणमा कति बजेट विनीयोजना भएको छ ?
विभागको नियमित काम गर्न करिब २६ करोड रुपिया विनियोजना भएको छ । सम्पदा पुननिर्माण शिर्षकमा छुट्टै करिब ३ अर्ब रुपिया प्राप्त भएको छ । यो रकम राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत उपलब्ध हुने तयारी भएको छ ।

भारत, चीन, अमेरिका, श्रीलंका लगायतका दातृ निकायको सहयोगमा अन्य सम्पदाहरु पुननिर्माण गर्ने काम भैरहेको छ । वास्तवमा भुकम्पले ध्वस्त भएका सम्पदाको पुननिर्माण गर्न प्राप्त भएको उक्त रकमबाट विश्वसम्प्दा सूचिमा सूचिकृत पाटन, हनुमानढोका, भक्तपुर, चागुनारायण, स्यम्भु लगायतका सम्पदा क्षृेत्रको पुननिर्माण गर्न खर्च गर्नेछौ । ती बाहेक गोरखा, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौसँग सीमाना जोडिएका सम्पदा र दरबार पुननिर्माण गर्ने विभागको दायित्व रहेको छ ।

पुननिर्माणमा कस्ता समस्या देखिएका छन् ?
हामीलाई बजेटको खासै अभाव छैन । मुख्य समस्या भनेको नै दक्ष कामदारको अभाव हो । बाटो र आधुनिक घर निर्माण गरेजस्तो पुरातात्विक सम्पदा पुननिर्माण गर्ने कुरो आउदैन । विदेशबाट आएका कामदारले परम्परागत सामाग्री प्रयोग गरी सम्पदा पुननिर्माण गर्न सक्दैनन । पुननिर्माणको काम ढिलो भयो भनेर आलोचना नगरेका पनि होइनन ।

अहिले हामीसँग सम्पदा पुननिर्माण गर्न साइज अनुसारको काठ आवश्यक छ । ढुंगा र काठको कलाकृति बनाउने दक्ष कालिगढको समस्या छ । हामीले केहीलाई त तालिम पनि दिएका छौं । तालिम दिएर लगाइएको कालिगढले सम्पुर्ण काम गर्न सक्दैनन । एउटा सम्पदा पुननिर्माण गर्न त्यस विषयमा अध्ययन गर्नुपर्छ । अनुसन्धान गर्नुपर्छ । तब मात्र पुननिर्माण गर्न सम्भव हुन्छ । वास्तवमा हाम्रो समस्या भन्नु नै दक्ष कालिगढ नपाउनु हो । तैपनि सोचे अनुसारको प्रगति हासिल गर्न सफल भएका छौ ।

कला र संस्कृतिले भरिएको हाम्रो मूलुकमा मुर्त(ट्रान्जिवल) र अमुर्त (इन्ट्रान्जिवल) संस्कृतिलाई जोगाइराख्न सरकारले पुरातत्व प्राधिकरण गठन गर्न जरुरी छ । विभागले अहिले मूर्त सम्पदा मात्र हेरिरहेको छ । नेपालका सबै कला संस्कृति अमुर्त सम्पदा हो । यसलाई जोगाउन प्राधिकरणको जरुरी छ । संघ अन्तर्गत रहने प्राधिकरणले प्रदेश र स्थानीय तहलाई सुझाव दिन सकोस । कुन स्थानीय तहमा कति मुर्त र अमुर्त सम्पदाहरु छन । तथ्याङक संकलन गर्न सकोस, लाखौ पर्यटकलाई नेपाल भित्र्याउन मुर्त र अमुर्त कला र संस्कृतिको विकास गर्न जरुरी छ । मगरको कौडा नृत्य हो वा गुरुङको रोधी, सिद्धी नरसिह मल्लको पालाको हरिसिद्धीको जात्रा होस वा पाटनको कातिक नाँच यी र यस्ता अमुर्त कला संस्कृतलाई जोगाएर भावी पुस्तालाई बुझाउन प्राधिकरण गठन गर्न आवश्यक छ ।

विभागले मात्र सबै सम्पदाको संरक्षण गर्न सक्छ ?
मूलुक संघीयतामा गैइसकेको अवस्थामा पुरातत्व विभागले मात्रै सम्पूर्ण सम्पदाको संरक्षण गर्न मुस्किल पर्छ । कला र संस्कृतिले भरिएको हाम्रो मूलुकमा मुर्त(ट्रान्जिवल) र अमुर्त (इन्ट्रान्जिवल) संस्कृतिलाई जोगाइराख्न सरकारले पुरातत्व प्राधिकरण गठन गर्न जरुरी छ । विभागले अहिले मूर्त सम्पदा मात्र हेरिरहेको छ । नेपालका सबै कला संस्कृति अमुर्त सम्पदा हो । यसलाई जोगाउन प्राधिकरणको जरुरी छ । संघ अन्तर्गत रहने प्राधिकरणले प्रदेश र स्थानीय तहलाई सुझाव दिन सकोस । कुन स्थानीय तहमा कति मुर्त र अमुर्त सम्पदाहरु छन ।

तथ्याङक संकलन गर्न सकोस, लाखौ पर्यटकलाई नेपाल भित्र्याउन मुर्त र अमुर्त कला र संस्कृतिको विकास गर्न जरुरी छ । मगरको कौडा नृत्य हो वा गुरुङको रोधी, सिद्धी नरसिह मल्लको पालाको हरिसिद्धीको जात्रा होस वा पाटनको कातिक नाँच यी र यस्ता अमुर्त कला संस्कृतलाई जोगाएर भावी पुस्तालाई बुझाउन प्राधिकरण गठन गर्न आवश्यक छ । अहिले विभागले मुर्त अर्थात देखिने सम्पदाहरुको मात्र संरक्षण गरिरहेको छ । कला र संस्कृतिमा विश्वको सबैभन्दा धनी देश नेपाल हो भनेर परिचय दिन अमुर्त कला संस्कृतिको विकास गर्नु अपरिहार्य छ । त्यसैले देशको भाषा, भेषभुषा, कला, संस्कृति, चाडपर्व जोगाउन प्राधिकरण गठन गर्न आवश्यक भइसकेको छ ।

रानीपाखरी किन पुन निर्माण हुन नसकेको होला ?
रानीपोखरीको पोखरी पुननिर्माण गर्ने जिम्मा काठमाडौं महानगरपालिकाको हो । बीचमा रहेको वालगोपालेश्वर मन्दिर बनाउने जिम्मा पुरातत्व विभागलाई थियो । अहिले ग्रन्थकुट शैलीमा बनाउनुपर्ने आवाज अठ्न थालेपछि सर्वोच्च अदालतको आदेशको पर्खाइमा छौ । बिसं १९९० सालदेखि अर्थात हामीले देख्दाखेरी गुम्बज शैलीमा रहेका सो मन्दीर महानगरपालिकालाई बनाउने जिम्मा थियो । महानगरले काम गर्न नसकेपछि विभागले जिम्मा लियो । तैपनी स्थानीय, काठमाडौ महानगरपालिका र विभागबीच समझदारी हुन सकेन ।

मन्दिर पुननिर्माण हुँदै थियो । पछिल्लो समयमा ग्रन्थकुटशैलीमा बनाउनुपर्ने आवाज आउन थालेपछि रोकिएको हो । २०७४ साल माघ २ गते गुम्बज शैलीको सो मन्दीर पुननिर्माण नरोक्न अदालतले आदेश दिएको थियो । हामीले मन्दिर बनाउदै गयौ । तर विभागका पुर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वको समितिले ग्रन्थकुट शैलीमा निर्माण गर्नुपर्ने सुझाव दियो । अहिले न पोखरी बन्न सकेको छ, न त मन्दिर नै ।

पोखरी निर्माण गर्ने ठेकेदारसँग मन्दीर पुननिर्माणको विषय जोडिदै गयो । अहिले पुन अदालतमा मन्दीर कस्तो बनाउने भन्ने विषयको मुद्धा विचाराधिन छ । सम्मानित अदालतको फैसला कुरिरहेका छौ । हामीले सम्पूर्ण ड्रइङ डिजाइन कामपालाई उपलब्ध गराइसकेका छौ । अब केही समयपछि बन्छ होला ।


काष्ठमडप र धरहरा पुननिर्माणको विषय नि ?
नविन्द्रराज जोशी अध्यक्ष र म संयोजक रहेको समितिले भुकम्पले ध्वस्त काष्ठमण्डप पुनपिनर्माण गर्न अध्ययन ग¥यो । त्यसपछि काठमाडौं महानगरपालिकाको संयोजनमा समिति गठन गरेर सबै सरोकारवालाको राय र सुझाव लियो । अहिले विभागकै ड्रइङ, डिजाइन अनुसार पुननिर्माण शुरु भैरहेको छ । अबको करिब एक वर्षमा एक तला बन्ने भएको छ । धरहराको विषयमा कुरा गर्नुपर्दा । पहिलो विभागले पुननर्माण गर्न निर्णय गरेको थियो । त्यपछि नेपाल टेलिकमले बनाउने कुरा आयो ।

नेपाल टेलिकमले व्यवसायिक धरहरा बनाउने तयारी गरेपछि विभागले बिरोध जनायो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा ‘म बनाउछु, मेरो धरहरा’ अभियानको शुरुवात गरियो । अहिले प्राधिकरणले उहाकै कार्यकालयमा निर्माण सम्पन्न गर्ने गरी पुननिर्माण शुरु भैरहेको छ । अब बन्ने धरहरा पुरम्परागत शैलीकै देखिएपनि आधुनिक सामाग्री प्रयोग गरिनेछ ।

तपाईको कार्यकाल सकिनै लागेको छ । तपाईको कार्यकालमा भएको महत्वपूर्ण काम के–के हुन ?
म २०६८ साल सालमा सहसचिवमा बढुवा भएपछि फागुन २६ गतेदेखि विभागको महानिर्देशक भए । अहिले उमेर हदको कारणले मेरो कार्यकाल सकिदैछ । यस अवधिमा विभागले दर्जनौ काम सम्पन्न गरेको छ । वास्तवमा २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पले उपत्यका लगायत अति प्रभावित १४ सहित ३१ जिल्लाका करिब ७ सय सम्पदामा क्षति पुग्यो ।

१ सय ३३ सम्पदा पुर्ण रुपमा ध्वस्त भए । ५ सय १३ वटामा क्षति भए । ९५ वटा सम्पदाको कुनै न कुनै भाग क्षति भयो । सबै भन्दा बढी हनुमानढोका दरबार क्षेत्रको सम्पदामा क्षति भयो । तैपनि हामीले सम्पदाको मुर्ति चोरी हुनबाट जोगायौ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा मन्दीरको सम्पुर्ण समाग्री जोगाउन सफल भयो ।

त्यसपछि पुननिर्माणले गती लिन थाल्यो । हालसम्म हनुमानढोका दरबार क्षेत्रको गद्धी बैठक पुननिर्माण सम्पन्न भयो । चीन सरकारको सहयोगमा नौतले दरबार पुननिर्माण भैरहेको छ । भक्तपुर र पाटनका अधिकांश सम्पदाहरु पुननिर्माणको अन्तिम चरणमा छन् । रातो मच्छिन्द्रनाथ, गोरखा दरबार, दरबार स्कुल, धरहरा, आगाम छे लगायत सय भन्दा बढी सम्पदा मध्य कुनै सम्पन्न भैसकेका छन् भने कुनै सम्पन्न हुने क्रममा छ ।

त्यति मात्रै होइन भत्काउने तयारी गरिएको सिहदरबार र केशरमहल रेक्ट्रोफिट गर्ने निर्णय भैरहेको छ । महानगरको मुख्यालय रहेको वागदरबारको विषयमा अध्ययन भैरहेको छ । अन्य दरबारको विषयमा समेत अध्ययन गरिहेका छौ । सकभर रेक्टोफिट गरेर पुराना दरबार जोगाउन लागेको विभागले थुप्रै सम्पदालाई पुरानै शैलीमा पुननिर्माण गरेका छौ ।

नेपालको ताजमलह भनेर चिनिएको रानीमहल १५ वर्ष सम्म भोगचलन गर्नेगरी तानसेन नगरपालिकालाई हस्तान्तरण गरेका छौ । यो एउटा महत्वपुर्ण काम हो । स्थानीय तहलाई सम्पदा हस्तान्तरण गर्ने सरकारी निति अनुसार रानीमहल हस्तान्तरण गरेका हौ । विभागले मेरो कार्यकालमा भएका काम मध्य यो एउटा ठुलो सफलताको रुपमा लिएका छौ । मन्त्री रविन्द्र अधिकारी, मन्त्रालयका सचिव, राष्ट्रिय पुननिर्माण प्राधिकरण काठमाडौ महानगरपालिका, विभागका सबै कर्मचारीको मुख्य भुमिका रहेको छ ।

नरायणहिटी संग्रहालयको बन्द कोठामा रहेको श्रीपेच सर्वसाधारणको लागि खुला गर्दा कस्तो अनुभव भयो ?
सबै जनताको चाहाना विभागले पुरा गरिदिएको छ । नारायणहिटी दरबारको बन्द कोठाको दराजमा रहेको श्रीपेच खुला गरिदिएका छौ । बन्द रहेका थप १० कक्ष खुला गरिदिएका छौ । श्रीपेच खुला भएपछि पर्यटकको संख्या ह्वात्तै बढेको छ । अब नारायणयहटी संग्रहालयको गुरुयोजना सार्वजनिक गरेर थप विकास गर्न जरुरी छ ।

सुुरुमा नारायणहिटी संग्रहालय खोल्न २०६५ सालमा सरकारले संयोजक बनाएको थियो । त्यतिखेर काम गर्दा जति खुसी लागेको थियो । २०६५ फागुन १५ गते खुला भएको संग्रहालयमा १० वर्ष पछि अहिले मेरै नेतृत्वमा श्रीपेच र संग्रहालयका थप १० कक्ष खोल्दा खुसी लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो अवलोकन गरी श्रीपेच खुला गर्दा देशले नै खुसी मनाएको थियो । श्रीपेच खुला गर्न मन्त्री, नेपाली सेनाको मुख्य भूमिका रहेको छ ।

तपाईलाई काम गर्दा कस्ता कस्ता चुनौतिको सामना गर्नु प¥यो ?
सम्पदा पुननिर्माण गर्नु एउटा जटिल विषय हो । सय वर्ष पुगेका सम्पदाको संरक्षण गर्न चानचुने काम होइन । तैपनि हामीले देशैभरका सबै सम्पदाको संरक्षण गर्न सफल भएका छौ । मलंगवाको धनकौलमा मुसलमानहरुको चिहानमा शिवलिंग भेटियो । यो कुरा २०४७ सालको हो । त्यसबेला हिन्दु र मुशलमानबीच सम्प्रदायिक झगडा हुने सम्भावना थियो ।

बुद्धिमतापूर्वक विभागले सो चिहानको उत्खनन ग¥यो शिवलिंग फेला परेपछि सो स्थानमा ठुलो शिवालय निर्माण गरियो । त्यो बेलाको ठुलो चुनौतिको सामना गुर्नुप¥यो । त्यसबेला मुसलमान सम्पदायको चिहान व्यस्थापन गर्न नजिकै रहेको पर्ति चौरमा चिहान निर्माण गरियो । त्यस्तै राजा रणबाहदुर शाह कि रानी ललितत्रिपुरा सुन्दरीले वनारसमा निर्माण गर्नुभएको साम्रज्यश्वर पासुपत तथा धर्मशालाको व्यवस्थापन गर्ने जिम्मा विभागले लिन पनि चुनौतिपुर्ण काम थियो ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा २७ वर्षदेखि भारतीय पण्डाको कब्जामा रहेको सो मन्दीर र धर्मशाला नेपालको नाममा ल्याइयो । त्यहाँ भारतीय पंडालाई हटाएर नेपाली पंडितको व्यवस्थापन गरियो । यो मेरो लागि ठुलो चुनौति थियो । त्यो मन्दीर र धर्मसाला निर्माण गर्न करिब २ करोड रुपिया खर्च भयो । तत्कालिन संस्कृति मन्त्रालयका सचिव विश्वनाथ सापकोटाको कार्यकालमा कार्यविधि बनाएर सो धर्मशाला संचालन ग¥यो । अहिले वनारस पुग्ने अधिकांस नेपालीहरु सोही धर्मशालामा बस्ने गरेका छन् । मन्दीर धर्मशाला रेखदेख गर्न ओमकारानन्द गिरीलाई छनौट गरेका छौ । काशी बनारस गएका नेपाली त्यही धर्मशालामा बस्ने गरेका छन् ।

त्यस्तै तत्कालिन संस्कृति मन्त्री बलबहादुर केसीको कार्यकालमा मन्दीर पछाडी धर्मशाला निर्माण गरेका छौ । अहिले सो धर्मशालामा ३० जना वृद्धा महिला बस्दै आएका छन् । २०५० सालमा शुरु भएको मन्दीर पुननिर्माण ०५६ सालमा सम्पन्न ग¥यौ । तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा निर्माण भएको सो मन्दीरमा २ लाख रुपिया उपलब्ध गराएर भारतीय पंडालाई हटाएका थियौ । अहिले त्यो मन्दीर नेपालको हो भनेर गर्भ गर्न लायक भएको छ ।

अर्को मुख्य चुनौती नेपालको नाममा रहेको भारतभरका सम्पदाको लागत संग्रह गरेका छौ । रामेश्वरम, बद्रीकेदार, अयोध्या र उडिसाको जगन्नाथ पुरीमा रहेका मठमन्दीरका सम्पत्ती को लागत तयार गरेका छौ । ती सम्पदाको सम्पुर्ण लागत गुठी संस्थानसंग रहेको छ । तर ती स्थानमा रहेका मठमन्दीरमा नेपाली पंडित राख्न सकेका छैनौ । यी काम गर्दा आफुलाई गौरब लागेको छ । आत्मविश्वास बढेको छ । पुराततत्विक सम्पदाको संरक्षण र संवद्र्धन गर्न यस्ता थुप्रै चुनौति आएका छन् । तर विभागका सम्पुर्ण कर्मचारीले ती चुनौती सजिलै समाधान गर्न सफल भएका छन् ।
तपाईको कार्यकाल सकिनै लागेको छ । विभागले गर्न नसकेका र गर्नुपर्ने काम के के छन् ।
केही दिनपछि मेरो सरकारी सेवा सकिदैछ ।, २०४५ साल पुस १९ गते सेवा प्रवेश गर्दा जति खुसी भएको थिए । अहिले सेवा बाट अवकास लिदा दुःख लाग्नु स्वभाविक हो । तर नेपालको सम्पदा संरक्षण गर्न विभागले हालसम्म जति काम गरेको छ ।

सबै विश्वसामु उत्कृष्ट छ । हामीले भुकम्पपछि खतरामा रहन लागेको उपत्यकालाई खतराको सुचीमा पर्नबाट जोगाएका छौ । विभिन्न देशमा नेपालको कला प्रदर्शनी गरेका छौ । चोरिएका समाग्री फिर्ता ल्याउन सफल भएका छौ । मुस्ताङ, जनकपुर, पनौती लगायत ऐतिहासिक स्थानलाई विश्वसम्पदा सुचीमा सुचिकृत गर्ने योजना बनाएका छौ । मेरो कार्यकालमा मात्रै होइन पूर्व महानिर्देशकहरुको कार्यकालमा पनि नेपालको सम्पदा संरक्षण उत्कृष्ट भएको थियो । तर बिडम्बना मेरो कार्यकालयमा शक्तिशााली भुकम्पले सयौ सम्पदा ध्वस्त भयो ।

विभागको अधिकांश ध्यान संम्पदा पुननिर्माणमा केन्द्रीत हुनु प¥यो । तैपनि आफ्नो सात वर्षिय कार्यकाल सफल भएको अनुभुति भएको छ । सम्पदाप्रति माया राख्ने सबैलाई जान्छ । विभागले अब सबै प्रदेश र स्थानीय तहमा सम्पदा संरक्षणको विषयमा जानकारी दिन जरुरी छ । भएका सम्पदा कसरी संरक्षण गर्ने भन्ने विषयमा प्रदेश सरकारलाई घच्घच्याउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्