टेक तामाङको नाता सार्वजनिक



काठमाडौं, (नेस)
गीतकार टेक तामाङको चौथो एल्मब नाता शुक्रबारबाट सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो। वरिष्ठ गीतकार रत्नशमशेर थापा, एसपी कोइराला, उषा शेरचनलगायतले एल्बम विमोचन गर्नुभएको थियो।

नेपाल प्रहरीका प्रहरी उपरीक्षकसमेत रहनुभएका तामाङको चौथो एल्बम नातामा ८ वटा गीत समेटिएका छन्। गायिका अन्जु पन्तदेखि नवगायिका रीना रसाइलीलगायतको स्वर रहेको उक्त एल्बममा मर्मस्पर्शी गीतहरू समावेश गरिएको छ। श्रीमती अनुश्री पाख्रिनको प्रस्तुति रहेको उक्त एल्बम भी रेकर्डस् प्रालिले बजारमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्