रुकुम पुर्व महोत्सवमा दर्शकको भिड हरेक दिन बढ्दै



धनवीर दाहाल, रुकुम ।
गत २५ गतेदेखी सुरु भएको रुकुम पुर्व पर्यटन तथा सांस्कृतिक महोत्सवमा हरेक दिन दर्शकहरुको भिड बढ्ने गरेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने र स्थानीय उत्पादनको प्रर्दशन गरिने भएकोले पनि हरेक दिन दर्शकहरुको भिड हुने गरेको हो ।

नयाँ जिल्लालाई चिनाउने उदेश्यका साथ आयोजना गरिएको महोत्सवमा लोकदोहरी गायक बिमाकुमारी दुरा तथा नविन पौडेलले फरक फरक दिनमा आफ्नो प्रस्तुती देखाएका छन् । चर्चित दोहरी गायक नविन पौडेलले दर्शकको उत्साह जनक सहभागिता रहेको बताए ।

उनले रुकुम पुर्वका दर्शकको आफुले राम्रो माया पाएको बताएका छन् । दोहरी क्षेत्रका चर्चित गायक नविनले बिभिन्न चर्चित गितमा आफ्नो स्वर दिएका छन् ।

महोत्सव पुस ५ गते सम्म चल्ने महोत्सव पर्यटन, सस्कृति, जडिबुटी, उद्योग र व्यापारःरुकुमपूर्वको समृद्धिका मुल आधार भन्ने नारा सहित महोत्सव आयोजना गरिएको हो । देशको ७७ औं तथा कान्छो जिल्ला बनेपछि पहिलो पटक महोत्सव भएकोे हो । जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेर पर्यटक भित्र्याएर त्यसकै माध्यमबाट जिल्लाको विकासमा टेवा पु¥याउन लक्ष राखेर महोत्सव आयोजना गरिएको अध्यक्ष दिलिप थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्