विमान भित्रै मानव मुटु छुटेपछि तहल्का



वासिंगटन,(एजेन्सी)
घन्टौं देखि सियाटलबाट डल्लास तर्फ उडिरहेको अमेरिकाको एउटा यात्रुवाहक विमानलाई त्यस भित्रै एउटा मानव मुटु छुटेको चाल पाएपछि पुन फर्काउन चालक दल बाध्य भएको बुझिएको छ।
साउथ एयरलायन्सले सो मानव अंग क्यालिफोर्नियाबाट सियाटल पठाइएको र त्यहाँ भावी प्रयोगका लागि त्यस मुटुको धमनी प्रशोधित गरिनुपर्ने जनाएको छ। तर गल्तीवश त्यसलाई अनलोड गर्न बिर्सिएको तथा झण्डै डल्लासको बिचबाटो सम्म पुगिसकेपछि बल्ल विमानमै मुटु छुटेको फेला परेको बताइएको छ।

आइतवार घटेको यस घटनाको विस्तृत विवरण विहिवार मात्र संचार माध्यममा देखिएको हो। अचानक क्याप्टेनले ो कार्गोबारे बताउँदै विमान फर्काउन लागेको जानकारी दिँदा यात्रुहरू स्तब्ध भएक थिए।
त्यहिवेला केहि यात्रुले स्मार्ट फोनबाट चार देखि छ घन्टा भित्रै सुरक्षित राखिएको मुटु गराइसक्नुपर्ने तथ्य पत्तालगाएका थिए। सोही विमानमा सवार एकजना डाक्टरले यो घटना चरम लापरवाहीको उदाहरण भएके टिप्पणी गरेका छन्। सो विमान करिव तीन घन्टा आकासमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्