नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा आइचर दुर्घटना, ३० को मृत्यु



नुवाकाेट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा आज साँझ आइचर दुर्घटना भएको छ । आइचर दुर्घटना हुँदा करिव ३० जनाको मृत्यु भएको दुप्चेश्वर गाउँपालिकाको तामाङ युवा संघका संयोजक लालबाबु तामाङले नेपाल समाचारपत्रइ बताएका छन ।

गाउँपालिकाको वडा नं ७ शिखरवेशीमा तामाङ समुदायको घ्यावा खान आएका स्थानियहरु घ्यावा खाएर जाँदै गर्दा गाउँपालिकाको सावकको वडा नं ४ को घ्याङडाँडाँमा आइचर ब्याक गर्ने क्रममा दुर्घटना भएको र आइचर करिव ३ सय मिटर तल खोलामा पुगेको तामाङले बताएका छन । आइचरमा ४१ जना यात्रु सवार रहेको र ३० जनाको शव प्राप्त भएको उनले बताए । एकजनाले भने हामफालेर ज्यान जोगाएको बताक्ष्एको छ । आइचर खोलामा झरेकोले गर्दा थप ९ जनाको अवस्था अज्ञात रहेको स्थानियबासीले बताएका छन ।

घटनास्थल प्रहरी कार्यलयबाट निकै टाढा रहेकोले प्रहरी उद्धारको लागि अझै जान सकेको छैन । जिल्ला प्रहरी कार्यलय नुवाकोटबाट प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको भट्टराईले बताएका छन । घटनाको थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्