ट्याक्टर दुर्घटना हुँदा १ कामदारको मृत्यु



रामधन राई, खोटाङ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा ट्याक्टर दुर्घटना हुँदा एक कामदारको मृत्यु भएको छ । शुक्रबार च्यास्मीटारको सार्पामा ढुंगा पु¥याएर च्यास्मिटार फर्कने क्रममा बडहरेपानी भन्ने ठाउँमा मे १ त ६९३१ नम्बरको ट्याक्टर पल्टिँदा चितवनका सुमन वाग्लेको मृत्यु भएको हो ।

खोटाङ बृहत पम्पिङ खानेपानी आयोजनाको बितरण लाईनको काम गरिरहेको लामा कन्ट्रक्सनका स्टोर किपर रहेका वाग्लेको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

सडकबाट ट्याक्टर करिब ५ मिटर तल खसेको थियो । ट्याक्टरका चाकल र सह–चाकले भने हाम फालेर जोगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्