ट्रम्पका अधिवक्तालाई जेल



न्युयोक (एजेन्सी)
अमेरिकी राष्ट्रपतिका पुर्व अधिवक्ता माइकल कोहेनलाई चुनाव अभियानका क्रममा चन्दाको दुरुपयोग गरेको लगायत विभिन्न अपराधमा तीन बर्षको कैद सजायँ सुनाइएको छ । कोहेनमाथि अमेरिकी राष्ट्रपतिसँग अनैतिक सम्बन्ध रहेका दुई महिलाको मामिला पन्छाउन पैसा दिएको पनि आरोप थियो ।

कोहेनले आफनो निजि कृयाकलाप र अमेरिकाका राष्ट्रपतिसँग जोडिएका घटनाका सम्बन्धमा आफुले स्विकार गरेका सबै अपराधको जिम्मेवारी लिने बताएका थिए । कोहेनलाई न्युयोकको सदर्न डिस्ट्रिकको एक अदालतले ३६ महिनाको कैद सजायँ सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्