टर्कीको ट्रेन दुर्घटनामा नौजनाको मृत्यु



इस्तानवुल,(एजेन्सी)
टर्कीको राजधानी अँकाराको एउटा रेलवे स्टेसनमा विहिवार एउटा तिव्र गतिमा चल्ने ट्रेन दुर्घटना हुँदा कम्तिमा नौजना मानिसको ज्यान जानुका साथै अन्य करिव सड्चालिस जना घाइते भएको टर्कीको यातायात मन्त्रालयले जनाएको छ ।

घटनास्थलबाट प्राप्त तस्वीरहरुमा आपतकालिन सेवाले एकदमै नराम्ररी क्षतिग्रस्त ट्रेनका डिब्बाहरुबाट घाइतेहरुको उद्धार गरिँदै गरेको देखिन्छन् । स्थानिय अधिकारीहरुलाई उदरित गर्दै संचार माध्यमले सो तिव्र गतिको ट्रेन स्थानिय समय अनुसार बिहान करिव साढे छ बजे विपरित दिशाबाट आउँदै गरेको अर्को ट्रेनसंग ठोकिएको बताएको छ ।

अँकाराको प्रमुख रेलवे स्टेसन देखि करिव ८ किलोमिटर टाढाको मार्सान्डिज रेलवे स्टेसनमा यो दुर्घटना भएको हो । पत्रकार सम्मेलनमा अँकाराका गवर्नर भासिप साहिनले अँकाराबाट दक्षिणी शहर कोन्या तर्फ गइरहेको एउटा ट्रेन स्टेसनको ट्रयाकमा अनुगमनमा रहेको ट्रेनसंग ठोकिएके जनाएको छ ।
तुर्केली यातायात मन्त्री काहिट तुर्हानले मर्ने मध्ये तीनजना ट्रन चालक रहेको स्पष्ट पारेका छन् । त्यसैगरी टर्कीको सरकारी समाचार निकाय अनाडोलुले सो ट्रेनमा कूल २ सय ६ जना यात्रु सवार रहेको तथा घाइते मध्ये तीनजनाको स्थिती चिन्ताजनक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्