खुसुक्कको अर्थ



भारतीय राजनीतिका चर्चित हस्ती नेपालका धार्मिकस्थलबारे ठूलो आस्था राख्न् । त्यसैले उनीहरु राजनीतिमा चौका मात्रै होइन छक्का पनि मिलोस भन्ने कामनाका साथ पशुपति र अन्य धार्मिकस्थलको दर्शन गर्न आइपुग्छन् । भाजपा नेता मोदी र कंग्रेस नेता गान्धी यस्तै लाइनका हुन् ।

गत भदौमा एक दिन अघिपछि पारेर मोदी र गान्धीले पशुपति दर्शन गरे । पशुपति दर्शनको उद्देश्य उही एउटै थियो, शैली भने फरक । ‘फरक शैली भएपनि दुवैले आर्शिवाद मागे–‘प्रभु राजनीतिक छक्का मार्न पाऊ ।’ यस्तो आर्शिवाद माग्न मोदी ठूलै डफ्फा सहित पशुपति पुगे, गान्धी भने सुनसान शैलीमा । मोदीले त्यस्तै शैली अपनाए जनकपुर र मुक्तिनाथमा पनि ।

गान्धी भने पशुपतिकै शैली दोहो¥याउँदै कैलाशसम्म पुगेर फर्किए । ठूलै डफ्फा लावा लस्कर सहित धेरै धार्मिकस्थलको दर्शन गर्दैमा आर्शिवाद ठूलो प्राप्त नहुँदो रैछ भन्नेमा धरहरा अहिले प्रष्ट भएको छ । हैन भने हेरौ त अहिलेको भारतीय चुनावी परिणाम । त्यसैले खुसुक्क भन्या खुसुक्ककै हो, यसको अर्थ गहन छ । यो सन्देश हाम्रा पीएम ओलीले बुझ्ने कहिले हो कुन्नी ?

प्रतिक्रिया दिनुहोस्