एनसीसी बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमा पोलिसी बिक्री गर्ने गरी सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री हुनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्