अभिभावक बिहिन बच्चाको बिचल्ली



धनवीर दाहाल, रुकुम
६ बर्षका तिलक खड्काको यतिबेला आफ्ना आमा बुवासँगै बसेर पढ्ने उमेर हो । साँझ बिहान आमा बुवाको काखमा र दिउँसो बिद्यालय जाने उमेरका तिलक साहाराबिहिन छन् ।

मुसिकोट नगरपालिका वडा नं १४ रुकुम पश्चिमका तिलक खड्काको आमा बितेको स्वयं उनलाई थाहा छैन । तिलक एक महिनाको हुँदाखेरी उनकी आमा निर्मलाको मृत्यु भयो । आमाको मृत्युपछि मामाघरको माइजुले उनलाई बचाइन र हाल सम्म पालन पोषण गरिहेकी छन् । आमाको मृत्युपछि तिलकका बुवा लालबहादुर अर्कै श्रीमति लिएर इन्डीया गए ।

लालबहादुर अहिले सम्म घर फर्किने त कुरै छाडौं छोराको अवस्था के छ भनेर पनि सोधेका छैनन् । मामा घरमा बस्दै आएका तिलकलाई माइजु रिपा हमालले छोरा जस्तै गरी पालन पोषण गरिरहेकी छन् । उनले भनिन् “मैले पालिरहेकी छु । एक महिनाको हुँदा खेरी दुध खुवाएर पालेकी हुँ ।” रिपाका पनि तिन सन्तान छन् । आर्थिक अवस्था कमजोर भएका कारण राम्रो शिक्षा दिन नसकेको उनले बताइन् ।

बिद्यालयमा भर्ना गरिदिएको भएपनि उनलाई घरमा हेरचाह गरिदिने कोही नभएको रिपा बताउँछिन् । वालवालिकाको क्षेत्रमा काम गर्ने निकाय र स्थानीय सरकार लगाएतका सरोकारवाला निकायले तिलकको पढाई र उसको भबिश्यको लागी सहयोग गरिदिन रिपाले आग्रह समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्