कांग्रेस महासमिति आजदेखि, देशभरका नेता राजधानी आइपुगे



रामकृष्ण चापागाईं, काठमाडौं
नेपाली काग्रेसको सवोच्च निकाय महासमिति बैठक आज शुक्रवार देखि शुरु हुदैछ । विधान संशोधन मुख्य एजेण्डाका साथ शुरु हुन लागेको महासमिति बैठकमा अन्य चारवटा दस्तवेजपनि पेश हुदैछ । पुस ३ गते सम्म बस्ने उक्त बैठकको उद्घाटन भने भोली शनिवार हुने भएको छ ।

पहिलो दिन आज अपरान्ह पार्टी प्रधान कार्यालय सानेपामा नाम दर्ता तथा स्वागतको कार्यक्रम राखिएको छ भने भोली ११ वजे यगम्बर पार्टी प्यालेस रामशाहपथमा उद्घाटन कार्यक्रम राखिएको छ । अढाईघण्टाको उद्घाटन शत्र सकिय लगत्तै लगातार पुस ३ गतेसम्म बन्दशत्र सञ्चालन हुनेछ ।

बन्दशत्रमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णवहादुर खड्काले विधान संशोधनको प्रस्ताव राख्नुहुने छ भने अर्का महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्नुहुनेछ । महासमिति बैठकमा उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज र सह महामन्त्री डा. प्रकाशसरण महतले काग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन पेश गर्नुहुने छ । पार्टीको आर्थिक प्रतिवेदन भने कोषध्यक्ष सितादेवी यादवले प्रस्तुत गर्नुहुनेछ ।

वैठकमा प्रस्तुत हुने ५ वटै दस्तावेजमाथि छलफल गर्न महासमति सदस्यहरुको ७ वटा प्रदेश स्तरीय समुह बनाइने छ । यो समुह बनाइसकेपछि भोलिपल्ट आइतवार देखि लगातार ती दस्तावेजमाथि छलफल हुने छ । केन्द्रिय समितिको बाट सर्वसम्बत पास भएर आए पनि फरक धारणा सहित आएपनि पाचवटै सबै महासमिति बैठकमै पेश हुनेछ । महासमिति बैठकले केन्द्रिय समितिले सर्वसम्मतीले ल्याएको प्रस्तावलाई समेत इन्कार गर्न सक्छ ।

आज नाम दर्ता र स्वागत, उद्घाटन भोली

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमतिमा १ हजार ६ सय ६० सहभागि हुनेछन् । जसमा हरेक निर्वाचन क्षेत्रबाट (२४०) बाट पाच जनाको दरले १ हजार २ सय महासमिति प्रतिनिधि हुनेछन भने भातृ एवं सुभेच्छुक संघसंस्थाका ९७ जना प्रतिनिधि र जनसम्पर्क समिति बाट पनि ९७ जना प्रतिनिधि सो बैठकमा सहभागि हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति र २६ जना सांसद पनि महासमिति बैठकमा भाग लिदैछन् । केन्द्रिय सदस्यहरु सबै सो बैठकमा उपस्थित हुनेछन् ।

महासमिति बैठकको उद्घाटन शत्रलाई भव्य बनाउन एउटा ठुलो मञ्चको व्यवस्था गरिएको छ भने फोटो पत्रकारहरुका लागि दाया बाया दुईवटा अर्को मञ्च बनाइने भएको छ । पत्रकार र चिकित्सकहरु बस्नको लागि छुट्टै व्यवस्था गरिएको छ । हरेक दिन वेलुकी ४ वजे पत्रकार सम्मेलन गरि बन्दशत्रमा भएको छलफलबारे जानकारी दिन मिडिया सेन्टरको पनि व्यवस्था गरिएको प्रवक्ता शर्माले बताउनु भएको छ ।
महासमिति बैठकको स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काठमाडौं काग्रेसका सभापति सबुज वाणियाका अनुसार एक करोड रुपैया भन्दा कम खर्चमा यो महासमति बैठक सम्पन्न गरिदै छ । महासमित बैठकको लागि कतैबाट पनि चन्दा नलिएको नेपाली काग्रेसले जनाएको छ ।
देशभरबाट आएका महासमिति सदस्यहरुले बेलुकीको खाना र बसोबासको व्यवस्था स्वयंले गर्नुपर्ने भएको छ । पार्टीले विहानको खाना र खाजाको मात्र व्यवस्था गर्ने भएको छ ।

 

केन्द्रिय समितिमा भाडभैलो
विधान संशोधन लगाएत महासमिति बैठकमा पेश गरिने दस्तावेजहरुमाथि छलफल गर्न बसेको मंसिर ९ गते देखि बसेको काग्रेस केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।

काग्रेस बैठकले समग्र आर्थिक नीति बाहेक अन्य कुनैपनि दस्तावेज पारीत गर्न सकेको छैन । विधान मस्यौदा माथिको छलफल सकेपनि आधिकारीक निर्णय गर्न सकेको छैन । राजनीतिक दस्तावेज माथिको छलफल पनि अझै सकिएको छैन । पार्टीको राजनीतिक र सांगठनीक दस्तावेजमाथि केन्द्रिय समितिमा मतभिन्नता व्यापक छ । शुक्रवारको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरीक आर्थिक प्रतिवेदन र लेखा परिक्षण समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परिक्षण प्रतिवेदन पेश गर्नुभएको छ ।

महासमिति बैठक आज देखि शुरु हुने भएपनि महासमिति बैठकमा प्रस्तुत गरिने दस्तावेजहरुमा केन्द्रिय समिति बैठकमा भाडभैलो भएकै कारण आज नाम दर्ता मात्र गर्ने गरि उद्घाटन शत्र भोलीलाई सारिएको छ । गुट उपगुटमा विभाजित काग्रेस केन्द्रिय समितिले महासमिति बैठमा सर्वसम्मत रुपमा दस्तवेज पेश गर्न नसके फरक धारणा सहित दस्तावेज महासमितिमा पेश गरिने प्रवक्ता विश्वप्रकाश शर्माले स्पष्ट पारिसक्नु भएको छ ।

केन्द्र देखि गाउतहसम्म गुट उपगुटमा विभाजित काग्रेस भित्र मुख्य रुपमा संथापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र नेता कृष्ण प्रसाद सिटौला पक्षको गुट छ । साथै प्रभावशाली नेताहरुको छुट्टाछुट्टै उपगुट पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्