सुदूर पहाडमा हिमपात, जनजीवन प्रभावित



विनोद सिंह विष्ट, बैतडी
मौसममा आएको परिवर्तनका कारण बिहीवार बिहानैदेखि बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसंगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।

बझाङको साइपाल गाउँपालिका, सुर्मा गाँउपालिका, छबीसपाथीभेरा गाउँपालिका, र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ ।
यस्तै दार्चुलाको अपी, राप्ला , घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकर लगायतका ठाउँमा हिमपात भएको जानकरी दिँदै प्रेम चुनाराले भन्नुभयो“दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ ।

डँडेल्धुराको भिमदत्त राजमार्गको शाहुखर्क , हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानीय प्रकाश पार्कीले जानकारी दिनुभयो । उता बाजुराको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ ।

बर्षासंगै हिउ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरु खुसी भएका छन् । हिमपातले हिमपातका कारण चिसो बढेकोले बृद्धबृद्धा, बालबालिका तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् ।
बुधवारदेखि एक्कासी मौसम बदली भै पानीपश्चात् बिहीवार हिमपात भएपछि, यहाँका साधारण तथा स्थानीय ब्यक्तीहरु चिसोले प्रभावित बनेका हुन् ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत र्पुयाएको छ । लामो समयको खडेरी पछी पानी परेकोले बाली सप्रिने दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्