गण्डकी प्रदेशका सांसद घर्तीको निधन



सिर्जना पन्त, बागलुङ ।
गण्डकी प्रदेशसभाका सांसद टेकबहादुर घर्तीको भारतको नयाँ दिल्लीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

बागलुङ जिल्ला क्षेत्र नम्मर २ को प्रदेश सभा ख बाट राष्ट्रिय जनमोर्चा पार्टीको तर्फवाट निर्वाचित हुनुभएको घर्तीकोे १७ दिनसम्म काठमाडौँ स्थीत ग्राण्डी अस्पतालको आईसीयुमा उपचार भएता पनि थप उपचारका लागि भारतको नयाँ दिल्लीको अपोलो अस्पतालमा मंगलबार एयर एम्बुलेन्सबाट पु¥र्याइएको थियो । घर्तीको हिजो रातीनै अस्पतालका डाक्टरहरुले मृत्यु भएको घोषणा गरेको घर्तीका आफ्न्तले बताएका छन् ।

ढोरपाटन नगरपालिका–५ अधिकारीचौर निवासी सांसद घर्ती राष्ट्रिय जनमोर्चाका सक्रिय र अत्यन्तै मिलनसार नेता हुनुहुन्थ्यो । ४६ वर्षिय घर्ती केही हप्ता देखी कलेजो सम्वन्धी रोगबाट पीडित रहेको बागलुङबाट निर्वाचित प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्