सुदूर पहाडमा भारी हिमपात, जनजीवन प्रभावित



विनोद सिंह विष्ट, बैतडी ।
मौसममा आएको परिवर्तनका कारण बिहीवार बिहानैदेखि बैतडी सहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिमपात भएसंगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली,खोडपे, सतबाँझ,लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।

बझाङको साइपाल गाउँपालिका, सुर्मा गाँउपालिका, छबीसपाथीभेरा गाउँपालिका, र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ ।
यस्तै दार्चुलाको अपी ,राप्ला , घुसा, खण्डेश्वरी, छिङरु ,व्यास, तिङकर लगायतका ठाउमा हिमपात भएको प्रेम चुनाराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ ।”

डडेल्धुराको भिमदत्त राजमार्गको शाहुखर्क , हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानीय प्रकाश पार्कीले जानकारी दिनुभयो । उता बाजुराको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ ।

बर्षासंगै हिउ परेर चिसो बढेपनि बाली सप्रिने भन्दै किसानहरु खुसी भएका छन् ।
हिमपातले हिमपातका कारण चिसो बढेकोले बृद्धबृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् ।
बुधवारदेखि एक्कासि मौसम बदली भै पानीपश्चात बिहीवार हिमपात भएपछी , यहाँका साधारण तथा स्थानीय ब्यक्तीहरु चिसोले प्रभावित बनेका हुन् ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत र्पुयाएको छ । लामो समयको खडेरी पछी पानी परेकोले बाली सप्रिने दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्