भाग्ने क्रममा कैदीले हाले प्रहरीको आँखामा खुर्सानी



अर्जुन बोहरा, हुम्ला ।
हुम्लाको सिमकोटमा एक जना कैदीले प्रहरी जवनाकै आँखामा खुर्सानीको धुलो फालेर जिल्ला प्रहरी कार्यालयको हिरासद बाटै भाग्न खोज्ने क्रममा पुन पक्राउ परेका छन । सुरक्षामा खटिएका प्रहरी जवान सुरेन्द्र सिंहको आँखामा खुर्सानी फाँक्नेमा हुम्ला जिल्ला सर्केगाड गाउँ पालिका वडा नं २ रिप गाउँका निवासी गंगे महतारा रहेका छन् ।

निजलाई हात हतियार खर खजाना र कर्तव्य ज्यानमुद्दाका अभियोगमा गत मंसिर हुम्ला जिल्ला अदालतको आदेशले पुर्पक्षकालागी थुनामा राखिएको हो । विहीबार विहान ४ वजेको समय शौचालयमा सौच गर्न गएको थुनुवा महताराले हिरासदको ढोका खोलि भित्र जाने क्रममा डिउटीमा खटीएका प्रहरी जवान सिहको आँखामा खुर्सानी हाली भाग्न खोजेका हुन ।

निज कैदीको बारेमा तत्काल सुरक्षाकर्मीले जानकारी पाएपछी निजलाई नियन्त्रणमा लिई लिएको छ । तर उता जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठ भने अहिले सबै कुरा भन्न नसकिने अबस्था भएको र अनुसुन्धान पछि सबै कुरा बाहिर ल्याउने संचारकर्मि लाई बताए । अँखामा खुर्सानी हालिएका प्रहरी जवानलाई जिल्ला अस्पतालमा उपचार भईरहेको छ । एक बर्ष भित्रै जिल्ला प्रहरी कार्यलयमा हुम्लामा रहेको हिरासद बाटै यस पटक गरि २ पटक कैदी हिरासत बाटै भाग्न खोजेका छन ।

प्रतिक्रिया दिनुहोस्