आन्तरिक स्रोत बृद्धि र यात्रा सहज बनाउन फाष्ट ट्रयाक निर्माण



पाल्पा ।
यस अघि स्याङजा, पर्वत, गुल्मीका वासिन्दाले लामो रुपमा घुमाउरो बाटो गरी यात्रा गर्नु पर्ने वाध्यता केही समय पछि नै हटेर जाने संभावना वढेर गएको छ । केही समय पछि नै यात्रा सहज रुपमा हुने र आवत जावत गर्न सजिलो हुने भएको छ ।

तानसेन नगरपालिकाले फाष्ट ट्रयाक निर्माणमा जुटेपछि सुनौली, भैरहवा, वुटवलवासीले छोटो दुरीको फाष्ट ट्रयाक प्रयोग गरी यात्रा गर्न सक्ने भएका हुन । वुटवल तथा सुनौलीका जनताले यो कालीगण्डकी करिडोर भन्दा यो बाटो बाट ८० किलोमिटर छोटो रुपमा यात्रा गर्न सक्ने गरी तानसेन नगरपालिकाले फाष्ट ट्रयाक निर्माणमा जुटेको हो ।

पाल्पाको सदरमुकाम तानसेन लाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तानसेन नगरपालिकाले ठुला ठुला सडक योजना संचालन गर्ने र यो वर्ष सडक निर्माणको वर्षका रुपमा मनाउने नीति अनुरुप फाष्ट ट्रयाकको काम अघि वढेको हो ।
नगर प्रमुख अशोक कुमार शाही भन्छन –‘स्थानीयतहको निर्वाचन संगै सदरमुकाम केन्द्रित कार्यालय स्थानीयतहमा स्थानान्तरण भएपछि सुनसान बन्दै गएको सदरमुकाम लाई चहल पहल बनाउन नगरपालिकाले व्यापारिक र पर्यटकीय सडक निर्माण सक्रिय भएर लागेको हो । ’
तानसेन नगरपालिकाले, धार्मिक, पर्यटकिय क्षेत्रको पहिचान गर्दै ति क्षेत्रमा सडक तथा पुर्वाधार निर्माण जुटेको हो । तानसेन बौघागुम्वा छेरलुङ कालीगण्डकी सडक लाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखी निर्माण कार्य गर्दै आएको छ ।

स्याङ्जाको आलमदेवी, विर्घा, कालीपार क्षेत्रका बासिन्दाहरु केन्द्रित गरी तानसेन बजारमा चहल पहल बढाउन नगरपालिक कालीगण्डकी तानसेन फाष्ट ट्रयाक निर्माणमा लागेको हो । तानसेन नगरपालिका वडा नंं १३ छेरलुङका जनताले सवारी साधनमा ४० किलोमिटर घुमेर यात्रा गर्नुपर्ने वाध्यता फाष्ट ट्रयाक कै कारण १३ किलोमिटरमा सिमित भएको छ । यो सडक तानसेनको विकास निर्माणको लागी महत्वपुर्ण सावित हुने र नगरपालिकाको आन्तरिक स्रोत बृद्धिमा सहयोग पुग्ने नगर प्रमुख अशोक कुमार शाहीले बताए ।

गत बर्ष करीव १ करोड ५ लाख रुपैया खर्च भएको यस फाष्ट ट्रयाक लाई स्तरोन्नति गर्न ४० लाख रुपैया विनियोजन भएको छ ।
यो सडकले बौघागुम्बा रहेको मगर होमस्टे, तरकारी र पशुपालनको पकेट क्षेत्र बनेका अर्गली र बौद्यागुम्बाबाट बजार सम्म कृषि सामाग्री ल्याउन समेत सहज हुनेछ । गतयो सडक तानसेनको विकास निर्माणका लागि महत्वपूर्ण सावित हुने र नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा सहयोग पुग्ने नगरप्रमुख अशोककुमार शाहीले बताए ।

रानीमहल दरबार, रुरु ऋषिकेश, राम्दी धामलाई जोड्ने र कालीगण्डकीमा बनेको पक्की पुल सम्पन्न भएपनि सेतिवेनी शिलासंग धार्मिक पर्यटकलाई यो सडक उपयोगी हुने देखिएको छ । सडकले अन्तर जिल्लासंगै राष्ट्रिय गौरवको सडकसँग तानसेन नगरपालिकालाई जोड्ने जसबाट पर्यटक, ठूला सवारी र आन्तरिक आय वृद्धिमा बल पुग्ने तानसेन नगरपालिका १३ का वडा अध्यक्ष टुकप्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्