सवारी दुर्घटनामा कालिकोटका ३ जनाको मृत्यु



कालीवहादुर मल्ल, कालिकोट ।
खाँडाचक्र नपा ८ सेरावाडावाट जिल्ला सदरमुकाम मान्म तर्फ जाँदै गरेको भे ५ प ८११६ नम्बरको मोटरसाईकल कालिकोट पिलिमा दुर्घटना हुदा सवार दुई जनाको मृत्यु भएको छ ।

बाईक चालक सुर्खेतका लक्ष्मण सुनार र सवार खाँडाचक्र ८ का दिपक मल्लको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्ला अस्पलात कालिकोटको बा २ ज १७४० नम्बरको एम्बुलेन्स दैलेखेको गुराँस गाउँपालिका–४ लाठेमा दुर्घटना हुदाँ त्यसमा सवार एक जनाको मृत्यु भएको छ ।

बुधबार कालिकोटबाट सुर्खेतमा बिरामी पु¥याएर जिल्लामा फिर्ता हुदैँ गरेको एम्बुलेन्स दैलेखमा दुर्घटना भएको हो । दुर्घटनामा परि एम्बुलेन्समा सवार कालिकोट खाँडाचक्र नगरपालिका २ का शैलेश बिष्टको मृत्यु भएको र चालक गणेश खड्का सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख बिनोद शर्माले बताए ।

‘सुर्खेतमा बिरामी पु¥याएर आएको एम्बुलेन्स दुर्घटनामा परेको हो ।’ उनले भने,‘त्यसमा सवार चालक सामान्य घाइते भएका छन् । सवार बिष्टको मृत्यु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्