संसद दिवस मनाइएन



काठमाडौं, (नेस) ।
१२ औं व्यवस्थापिका संसद सेवा दिवस मूल समारोह समितिले शुक्रबार हुने भनिएको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

मूल समारोह समिति संयोजक कृष्णहरी खड्काले बिहीबार सूचना प्रकाशित गरी कार्यक्रम स्थगित भएको जनाउनुभएको हो ।

शुक्रबार कार्यक्रम समापन गर्ने भनिएको थियो । २१ गतेबाट सुरु भएको दिवस अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

बुधबारबाट संसद सचिवालयका कर्मचारीले आफूहरुको माग व्यवस्थापन समितिल नसुनेको भन्दै सम्पूर्ण कार्यक्रम बहिष्कार गरेका थिए । सचिवालयका आधिकारिक ट्रेड युनियनका अध्यक्ष मेघराज अर्यालले अतिरिक्त क ाम गरेबापत थप सुबिधा उपलब्ध गराउने सहमति नहुञ्जेलसम्म संघर्ष जारी रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्