बलात्कार आरोपमा एक युवक पक्राउ



भक्तपुर ।
भक्तपुरमा महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका ९ नङखेल स्थित जिरो हनुमान ईंटाभट्टामा काम गर्ने रोल्पा कोलाङ गाउँपालिका–६ की ६० वर्षीया महिलालाई मंगलबार बलात्कार गरेको आरोपमा सोही ईंटाभट्टामा काम गर्ने बाग्लुङ धारापानी गाउँपालिका–३ का ३६ वर्षीय अमबहादुर विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्